skip this
  • फिचर

    गणतन्त्रका लागी दुई भाइ गुमाएका कमाण्डर अाज कालकाेठरीमा, काे हुन प्रकाण्ड


  • कालीकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा ०२५ सालमा जन्मेका बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिएका नेता हुन् । उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए । माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका उनी पछि विप्लवतिर लागे । हाल उनी सो पार्टीको प्रवक्ता छन् ।जनयुद्धमा लागेका बेला खड्गबहादुर दुईजना भाइहरु सुरक्षा फौजबाट मारिएका थिए । जनयुद्धमा माइलो भाइ सिंहबहादुर बिक र साइलो अमरबहादुर बिक मारिएका थिए । प्रकाण्डले ०४६ सालमा प्रचण्डनिकट अखिल नेपाल युवक संघबाट राजनीति सुरु गरेर ०४७ सालमा पार्टी सदस्यता पाएका हुन् ।पार्टीनिकट स्रोतले दिएको जानकारीअनुसार उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा नागढुंगाबाट समातिएका हुन् । प्रहरीले बिकलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखेको छ । बिकका सहयोगी प्रेम दर्नालको फोन स्वीच्ड अफ रहेकाले उनी पनि पक्राउ परेको हुन सक्ने पार्टीका एक कार्यकर्ताले बताए । बिकलाई प्रहरीले गिरफ्तार गरेको विषयमा सो पार्टीका नेताहरु बुधबार बिहानसम्म बेखर थिए । उनलाई प्रहरीले टेकूमा ल्याएका बेला एकजना सुभेच्छुकले फोन गरेर पार्टी नेताहरुलाई सूचना दिएका थिए ।यसैवीच प्रहरीले बुधबार बिहान कपनस्थित बिकको डेरामा छापा मारेको छ । उनलाई विप्लव माओवादीले आतंक मच्याउन विद्रोही दस्ता तयार गर्दै गरेको आरोपमा पक्राउ गरेको हुनसक्ने आँकलन गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु