skip this
  • फिचर

    माओवादी केन्द्रको विज्ञप्तिः प्रकाण्डलाई गिरफ्तार गर्नु ओली सरकारको जनविरोध कार्य

  • २४ साउन

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार सरकारले जनविरोध कार्य गरेको बताएको छ ।

    पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘शुसिल’ ले विहीबार विज्ञप्ति जारी गरेर प्रबक्ता प्रकाण्डको गिरफ्तारीले सरकारको परिवर्तन विरोधी चरित्र उदाङ्गिएको बताए ।

    “देश, जनता र वर्गको निम्ति गरिएको राजनीतिक आन्दोलन र उक्त आन्दोलनमा समाहित नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिनुले केपी ओली सरकारको जनविरोध। परिवर्तन विरोध चरित्र उदाङ्गिएको छ । नेकपाको पार्टी प्रबक्ता कमरेड प्रकाण्डलगायत अन्य दुई जनालाई गरिएको गैरकानुनी गिरफ्तारीलाई हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ” विज्ञप्तिमा भनिएको छ । देशमा भ्रष्टाचार, बलात्कार, अपहरण, सीमा अतिक्रमण जस्ता समस्याले देश आक्रान्त पारेको बताउँदै त्यसको समाधान गर्नुको साटो राजनीतिक आन्दोलनमा लागि रहेका नेताहरुलाई गिरफ्तार गरिरहेको भन्दै शुसिलले सरकारको विरोध गरेका छन् ।

    महासचिव शुसिलले प्रबक्ता प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु