skip this
  • फिचर

    प्रविधिको धराप कामरेडहरु, बाटो- बाटै कर्‍याप : नारयण नेपाल

  • ख्याल ख्यालैमा सस्तो लोकप्रियताकालागी भएको निर्णय हो कि कुनै शक्तिकेन्द्रको स्वार्थ र निर्देशनमा त्यो उनै जानुन तर सिहदरबारको संवेदनशिल सुचना जे भए नि चुहीएकै छ बेचिएकै छ दुतावासहरुमा त्यो नरोकीएला यती सजिलै । त्यो घटना बाख्रीको पुच्छर काटदा चोर बोकाहरुलाई सजिलो भन्ने नेपालि उखान झै पनि नहोला भन्न सकिन्न । पेपरलेस भन्दैमा सिधै ह्याक हुन्न होला र ?

    यो सरकारी नेकपाको प्रविधि उपयोगको बहससगै विद्रोही विप्लव नेतृत्वको नेकपाका नेताहरु मोहन कार्की र कृष्ण धमलालाईकाठमाण्डौ प्रबेश गर्दै गर्दा नागढुगा नाकाबाट पक्राउ गरेको थियो । नेपाल प्रहरीले जिपिआरयस प्रविधिको आधारमा नेताहरुलाई पक्राउ गर्न सफल भएको दाबी गरेको थियो । मन्त्री नपाएको झोकमा पार्टी फुटाएर प्रचण्डमा दोस्रो पटक विलिन भएका माओवादी नेता राम बहादुर थापा बादल गृहमन्त्री भए लगत्तै नेपाल प्रहरीले प्रति आतंकवाद शाखा ब्युताएर मुख्त विप्लव र उनले नेतृत्व गरेको नेकपा माथि जासुसी गरीरहेको छ । त्यही शाखाले नेताहरुलाई पक्राउ गरेको छ । विप्लवका नेता र सरकारी निकायहरु विच लुकामी सुरुभएको देखिन्छ ।

    आज कम्पुटर टेलिभिजन मोबाइल फोन अनलाईन फेसबुक यातायातका साधनहरु मुख्य आवश्यकताको रुपमा रहेका छन । प्रविधिको उपयो गर त्यसको सर्तकताको बारेमा नेपालि कम्युनिष्टहरुमा खासै सोच विचार र प्रस्ष्ट दृृष्टीकोण निमार्ण भएको देखिदैन । सुचना प्रविधिको भुमण्डलिकरणको आजको युगमा कित त्यस भन्दा दशहात पर रहने कित पुरै त्यतै डुब्ने खाले सोच र ब्यवहार देखिन्छ ।

    हिजो माक्र्सले कम्पुटर चलाएका थिएनन् आइ फोन चलाएका थिएनन् । लेनिनले फेसबुक र इमेल र टुइटर चलाएन भन्दै आज किन चलाउन पर्छ अर्का थरी प्रविधिको प्रयोग गर्नुपर्छ भन्दै त्यही जालोमा फस्ने प्रविधिको सर्तकतापुर्ण उपयोगको बारेमा नसोच्दा आन्दोलन र देशलाइ समेत क्षति पुग्न सक्ने खतरा हुन्छ । त्यता तिर न सत्ताभारी नेकपा त न विद्रोही नेकपा कोही कसैका पनि कायाकर्ता नेताहरुको ध्यान गएको छैन । जसले आन्दोलनको बारेमा परेका ब्यापक भ्रमहरु समेत चिर्ने सकेको छैन । उच्च प्रविधि र घरेलु प्रविधिको प्रयोग आवश्यकताका आधारमा सन्तुलीतरुपमा गर्ने जरुरी हुन्छ ।

    न कि उच्च आधुनिक प्रविधिको गफ दिएर मध्येयुगीन सभ्यतामा बाच्नेहरुलाई के भन्नु र खै रुप्रविधिको प्रयोगले मान्छेको कार्यक्षमता र दक्षता र प्रभावकारीतालाई थप गुणस्तरीय र विस्तार गरेको हुन्छ । त्यसलाई सहि रुपमा विकास गर्नु र आवश्यकताको आधारमा उपयोग गर्नु चाही बैज्ञानिक हो जस्तो लाग्छ । नेपालको संविधान २०७२को भाग तिन धारा २८ मा नागरीकको मौलिक हकको रुपमा गोपनियताको हकको कुरा उल्लेख गरेको छ । त्यसलाई धज्जी उडाउदै फरक राजनितीक बिचारमा आस्था राखेकै आधारमाकुनै एक राजनितीक पार्टीका नेता कार्यकता जनता सर्मथकका मोबाइल लोकेशन टायापङिइमेल फेसबुक म्यासेन्जर लगाएतका समाजिक मिडीयालाई ह्याक गरेर गोपनियता लुटन पाइन्छ । उसो भए त कुनै बच्चा जन्मेर भोली विद्रोही बन्ला र आफनो सत्ता पल्टाइ देलाभन्दै पौराणी कथाका कंशले श्रीकृष्णमार्न मथुराका गाउ बस्ती खरानि पारे झै गर्भ हत्या गर्ने हो त ?

    आज दुनियामा मान्छे मान्छेको मन मनमनमा छिरेर भाबनाहरुमा खेलेर साम्राज्यवादले सुचना संकलान गरीरहेका प्रविधीमा भएको विकासलाई साम्राज्यवादलेआस्था र भावनालुटन उपयोग गरेको छ ।यो देख्दा मलाई हामीले गोठालो जादा धेरै कुदने गाईबस्तुको घाटीमा कि घण्टी कि काठको मुडा झुन्डाउने गरे झै लाग्छ त्यो जहा पुगेपनि भटाउन सकियोस । आज साम्राज्यबादले हरेका मान्छेलाई हात हातमा गला गलामा त्यस्तै घण्टी झुन्डाइ दिएको छ आफनो नियन्त्रणर निगरानिमा राख्न ।

    केही समय अगाडी विक्कीलिस्टले धेरै महत्वपुर्ण दस्तावेज चुहाएको पानमा पेर्पस हगामा अमेरीका भएको राष्टपति निर्वाचनलाई प्रभावित पर्न रसयिाले २८करोड नक्कली फेसबुक एकाउन्ट बनाएको आरोप लगाएको थियो । सुचना र प्रविधीले सितयुद्धको साधनकोरुपमा एक अर्काका विरुद्ध जनमततयार गर्ने र ब्यापार विस्तारको आधार निमार्ण गरेको छ । उपभोक्ताबाद र बजारतन्त्रको प्रदुषणले नराम्रोगरी गाजेको आजको समाजमा कम्युनिष्ट विचार आर्दशलाई फैलाउन यि सुचना प्रविधीहरुलाई कसरी सृजनशिलरुपमा उपयोग गर्ने सकिन्छ मुख्य प्रश्न यही हो । आजको दुनिया डोन मानव रहित प्रविधीमा रमाउदै छ । हामी के समाउदै छौ ।

    प्रविधि प्रयोग गर्ने तर साबधानि न अपनाउने खै कैला होला हाम्रो चेतना विकास । आज अर्बौ मान्छेहरुलाई सामाजिक सञ्जालले जोडेको छ । सुचना प्रविधीले गल्ली गौडामा धराप थापेको छ हामीलाई ।सागर भटेन जाने नदिमा पौडीदै गएका माछाहरु जलहारीको बल्छीमा परे जस्तो सुचना प्रविधिको धरापमा परेर ठुल्ठुला घटना समेत भएको छ ।हिजो पनि र आज पनि । नेकपाले आजको नेपालको सामाजिक विशेषतालाई विश्लेषण गदै सात बुदामा उल्लेख गरेको थियो । सुचना प्रविधिमा भएको क्रान्ति र यातायातको विस्तारले नेपालि समाजको नया अबस्थाको विकास भएको निष्कर्ष थियो ।

    २१औ शताब्दीमा आउदा नेपालि समाजको विशेषतालाई औल्याउदै नेकपाको दस्तावेजमा महासचिव कमरेड विप्लवले दस्तावेजमा उल्लेख गरेका छन१९ र २० औ शताब्दीमा विज्ञान र प्रविधिको विकास यो स्तरसम्म आईसकेको थिएन । प्रायः प्रविधिको नियन्त्रण राज्यसगै थियो । परन्तु यो शताब्दीमा प्रविधिक क्षेत्रमा अभुतपुर्व क्रान्ति हुन गएको छ ।यसलाई विज्ञहरुले चौथो क्रान्ति पनि भन्ने गरेका छन् । प्रविधीमा जनताको पहुचले गर्दा विगतकालका सामाजिक सम्बन्धहरु बदलीएका छन् । प्रविधी बिना समाज नै अपाङ बन्ने देखिन्छ ।

    यसरी नेपलि समाज र प्रविधिको बारेमा ब्याख्या गर्दै दस्तावेज लेखिने र नेता कार्यकता त्यही असावधानिले जेल जान कस्तो संयोग परेको छ । आज हामीलाई सुचना प्रविधिले एकातिर पुरा खुल्ला र ब्यापक बनाइएको छ र निक्कै समाज साँधुरो र बन्दकोठामा कैद गरेको छ ।कम्पुटर टेलिभिजन मोबाइल फोन अनलाईन फेसबुक यातायातका साधनहरु अत्यावश्यक रहेका छन । र त्यही नै धराप पनि थाप्दै छन् । हिजो लेनिन र माओकाबेलामा महिनौ र बर्सौ लाग्ने सुचना आपसी सम्बन्ध र जानपहिचान आज मिनेटमै जोडीन पुगेको छ । हप्तौ र बर्षौ कुर्नु पर्ने सुचना र सम्बन्धहरु आज सेकेन्डमा सहजा पुर्वक भएका छन् यो प्रविधीको विकास हो । जसको बोध र सहिरुपमा ग्रहण गर्दै क्रान्तिका यात्रा अगाडी जान जरुरी छ ।

    आज सुचना र बैज्ञानीक प्रविधीमा पुजिवादी र साम्राज्यवादीहरुको एकधिकार र एक छत्र बजार कायम भएको छ । प्रविधीले मानव जिवनका जटिलता प्रकृतिक चुनौतिलाई सरल र सहज बनाउने भन्दा पनिहरुलाई आम नागरीकको लागी भन्दा पनि केही मुठीभर दलाल पुजिपति र मालिकहरुलाइ अधिक मुनाफको र लुटको साधन बनाएको छ । शक्ति राष्टहरुलाई जासुसीको आधार बनाएको छ । यस्तो बेला सोच्न जरुरी छ ।

    प्रविधीको विकास र उपयोग कस्को र के का लागी हो भन्ने सबालमा बहस एकदम जरुरी छ । केही समय अगाडी देखिको एनसेलको कर छली प्रकरणलाई यस्को ज्वलन्त उदारहणको रुपमा लिन सकिन्छ । सुचना जासुसी र गरीब जनताको पैसा पैसालुटेर कसरी करोडौ जम्म गर्दै राज्य संयन्त्रलाई प्रभावमा परेका छन् भन्ने । हिजो कुष्ण बहादुर महराले सञ्चार मन्त्रीहुदा ल्याएको घर घरमा इन्टरनेट हातहातमा मोबाइल सेटको नारा त्यही ब्यापारको एजेण्ड थियो कि सुचना प्रविधिमा क्रान्ति, जनता भन्दा कार्यकता र कार्यकता भन्दा नेता कम रुढिवादी अली पर सम्म सोच्न र देख्न सक्ने दुरदर्शी हुनु पर्ने हो तर नेपालमा त प्रतिगामी राज्य भन्दा क्रान्तिकारीहरु पो झन पछाडी देखियो बेलैमा सोच्ने की ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु