
गोर्खा सप्तगण्डकी चितवन मञ्चको पुनर्गठन


शुसन पाैडेल, भरतपुर
गोर्खा सप्तगण्डकी चितवन मञ्चको आज पुनर्गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा श्रीकृष्ण दवाडी निरबिरोध चयन भएका छन् ।गोर्खा सप्तगण्डकी चितवन मञ्च गोर्खा जिल्ला बाट चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्यनका लागि आएका बिद्यार्थीहरुको मंच हो । यस्तै मंचको उपाध्यक्षमा विकास रसाइली, अशोक बगाले, रञ्जना पोख्रेल, राजन लामिछाने र रीता भुजेल चुनिएका छन् । भने मंचको सचिवमा अनुष्का अधिकारी, सहसचिवमा प्रवीन गुरुङ्ग , राजेश भट्ट, कोषाध्यक्षमा सुरेन्द्र ढकाल , सदस्यहरुमा रवि रेग्मी, पूजा ढकाल, निशा बोहोरा , अनिता मगर र इन्चार्ज सुवास अछामी चयन भएका छन् ।


