skip this
  • खेल

    नेपाली खेलाडीलाई समाबेश गर्दै आईसीसी द्व्ररा नयाँ एकदिवसीय वरियता सार्वजनिक

  • नेपालका तीन खेलाडीलाईसमावेश गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ।
    सार्वजनिक भएको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन्।
    २ ओडिआईबाट ४ विकेट लिएका सन्दिप बलिङ बरियताको २१७औं स्थानमा परेका छन्।
    यस्तै समान २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएका सोमपाल कामी २२९ औं स्थानमा र समान २ खेलबाट एक अर्धसतकसहित ६४ रन बनाएका ज्ञानेन्द्र मल्ल २३६ औं स्थानमा समावेश छन्।

    नेदरल्याण्ड्ससँगको एकदिवसीयका आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश गरिएको आईसीसीले जनाएको छ ।
    यस्तै नेदरल्याण्ड्ससँग दुई वटा मात्रै एकदिवसीय खेल खेलेको नेपालले टिम वरियतामा स्थान पाउन अझै दुई खेल खेल्नुपर्छ।
    केही दिनअघि आइसिसिले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा पनि ब्याटिङमा नेपालका पारस खड्का र शरद भेषावकर तथा बलिङमा बसन्त रेग्मी र सोमपाल कामी समावेश भएका थिए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु