skip this
  • चितवन विशेष

    आमा समुहको सकृयतामा भरतपुरको बिभिन्न स्थानमा जेब्रा क्रसिङको निर्माण

  • चितवनको भरतपुर महानगरपालिका–११ स्थित विशाल चोक निकै भिडभाड हुने क्षेत्र मध्येको एक हो । यहाँ दुर्घटनाहरु पनि धेरै हुने गरेका छन् । जेब्रा क्रसिङ नहुँदा पैदलयात्रुहरुलाई बाटो वारपार गर्न समेत समस्या हुने गरेको छ ।
    जेब्रा क्रसिङ बनाउन सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय आमा समूह नै सक्रिय बनेका छन् । शान्ति आमा समूहले आज अत्याधिक भिड्भाड हुने विशाल ,चोक नहर चोक, सल्लेरी चोकमा जेब्रा क्रसिङ निर्माण गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसंग समन्वय गरी आमा समूहले जेब्रा क्रसिङ निर्माण गरेको हो । जस्मा रङ सहयोग बर्जर पेन्ट्सले गरेको थियो

    बढ्दो दुर्घटना न्यूनीकरण गर्न र पैदलयात्रुलाई बाटो वारपार गर्नका लागि जेब्रा क्रसिङ निर्माण गरिएको आमा समूहकी अध्यक्ष देवी पौडेलले जानकारी दिईन् ।
    जेब्रा क्रसिङ निर्माण गर्न स्थिनिय आफै अग्रशर भयका थिय वृद्धवृद्धाहरु समेत सहभागि उक्त अभियानमा बर्जर पेन्ट्स को सहयोग रहेको थियो ।

     

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले विशाल चोक लगायत नहर चोक , सल्लेरी चोकमा   वृद्धवृद्धालगायत पैदलयात्रुहरुलाई बाटो वारपार गर्न समस्या भएपछि आमा समूहकै सक्रियतामा जेब्रा क्रसिङ निर्माण गरिएको बताए ।जेब्रा क्रसिङ निर्माणको क्रममा भरतपुर ११ का वडा अध्यक्ष बाबुराम  अधिकारि, नबजागृती सामुदायिक बनको सचिब शारदा पौडेलको समेत सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु