
यस्तो आयो विप्लबको कडा विज्ञप्ती, के देश गृहयुध्दमा जादैँछ ??


राजनैतिक बृत्तमा सरकार र नेकपा बीचको दुरी बढिरहेको र यसले देशलाई फेरी जनयुद्ध २ मा लैजानसक्छ भन्ने चिन्ता व्यक्त भइरहेको बेला नेकपाका स्थायी समिति सदस्य प्रकाण्डसहित दर्जनौ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सयौं नेता–कार्यकर्ताहरुको घरहरुमा पक्राउ पुर्जी टास्ने, घर तथा निवासमा छापा मार्ने,बन्दुक देखाउदै परिवारलाई आतंकित पार्ने कार्य जारी राखे आफु बाध्य भएर सशक्त संघर्षको बाटो रोज्न बाध्य हुने नेकपाको भनाई छ । नेकपाले अहिले शसस्त्र संघर्ष नभई सशक्त संघर्ष गर्ने बताउदै आएको छ । यस्तो सशक्त संघर्ष जनसमर्थन र सहभागीता सहितको हुने उसको भनाई छ । सरकारले दमन गरे प्रतिरोध गर्ने रसरकारी रबैयाको कडा प्रतिवाद गर्ने योजनामा नेकपा छ । आफ्नो राजनैतिक आयातन बढिरहेको र यो देशको सच्चा कम्युनिस्ट शक्ति विप्लव मात्र हो भन्ने जनमत बढिरहेकोले त्यसलाई दवाउन ओली प्रचण्ड सरकार विशेष गरी गृहमन्त्री बादल जोडतोडले लागेको नेकपाका नेताहरुको विश्लेषण छ ।
नेकपाका महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएकोले सरकार र मुलरुपमा संसदीय व्यवस्था विरुद्ध सबै मिलेर अन्तिम लडाई लड्न जरुरी भैसकेको बताएका छन् । अहिले राष्ट्रियता सर्वाधिक खतरामा परेको भन्दै यसको रक्षाको लागि विप्लवले लोकतन्त्रवादी र देशभक्त शक्तिलाई राजनीतिक अधिकारको पक्षमा लाग्न आह्वान गरेका छन् । उनले आफ्नो पार्टीलाई दमन गरेर सिध्याउने दिवासपना नदेख्न सत्ताधारीहरुलाई चेतावनी दिदै दमनले प्रतिरोध जन्माउने र जनतामाथि लुट मच्चाउनेहरुको स्वर्ग ध्वस्त भएको इतिहास नर्विसन आग्रह गरेका छन् । दमनको ज्बाञटो पराजयको बाटो भएको भन्दै आफुमाथिको दमनले सत्ताधारीहरुलाई नै पराजीत गराउने कुरा विप्लवले विज्ञप्ति मार्फत व्यक्त गरेका छन् ।
मंगलबार साँझ जारी गरिएको विप्लवको प्रेस विज्ञप्तिमा नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मसमर्पण गर्न पुगेका वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई दिनदिनै बर्वाद गरिराखेको उल्लेख गरेका छन् । विप्लवले प्रतिक्रियावादी शक्ति क्रान्तिकारी र देशभक्तहरुमाथि दमन गर्ने अभियानमा लागेको भन्दै केपी–प्रचण्ड सरकारको गठन प्रक्रियादेखि आफ्नो पार्टीमाथि एकोहोरो दमन अभियान तीव्र पारेको जनाएका छन् ।



२०७५ साउन ३१ गते बिहीबार १० : ३० मा प्रकाशित