skip this
  • चितवन विशेष

    बजारकाे तनाव भुल्न जानै पर्ने ठाँउ, झरनाकाे चिसाे देखी एक रातकाे मिठाे बसार्इ

  •  

    चितवनको निकै विकट क्षेत्र मानिने इच्छाकामना गाउँपालिकामा पर्यटकहरूको चहलपहल निकै बढेको देख्न पाइन्छ । उक्त क्षेत्र भौगोलिक विकटताको हिसाबलेपनि विकट र चितवनको सदरमुकाम भरतपुरबाट पनि टाढा रहेको कारण उक्त क्षेत्रको विकासमा सरकारले उचित ध्यान पुर्याउन सकिरहेको छैन तर पनि केही समययता उक्त क्षेत्रमा गर्मी छल्न आउने आन्तरिक पर्यटकहरुको आवागमन निकै बढेको छ। उक्त क्षेत्र सदरमुकाम भरतपुरबाट सडक सुविधा पुगेलगत्तै आन्तरिक तथा बाह्य पर्यटकहरु रमाइलो गर्न र वातावरण मजा लिन त्यस क्षेत्र जाने गरेका कुरा त्यहाँका स्थानीय र त्यस क्षेत्रमा होटल ब्यबसाय सन्चालन गरिरहनु भयका नेचर भ्यू पोइन्टका सञ्चालक राजनकुमार श्रेष्ठले जानकारी दिनुभयो। बजारकाे तनाव भुल्न र झरनाकाे चिसाेमा सयर सम्म गर्न सकिने उनले जानकारी गराए । 

    उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेपछि बसोबास गर्ने मानिसहरु स्वरोजगार हुन थालेका छन् र त्यहाँ सञ्चालित होटल र अन्य घुमफिर गर्न योग्य ठाउँ हरु पनि राम्रो सँग सञ्चालन भएका छन्। उक्त क्षेत्रमा धेरैजसो मानिसहरु आन्तरिक पर्यटक हुनेगरेको त्यहाँका स्थानीयले हामीलाई जानकारी दिएका छन्। मानिसहरु उक्त क्षेत्रमा आएर त्यहाँ रहेका खोलानालामा पौडिएर रमाइलो गर्ने गरेका छन ।

    त्यहाँ घुम्न आएका एकजना आन्तरिक पर्यटक सुजल गिरीका अनुसार उहाँलाई यहाँको भौगोलिक अवस्था, वातावरणको अवस्था यहाँको जैविक विविधता ले लोभ्याएको जानकारी दिनुभयो। र सबैजनालाई एकपटक यस ठाउँको भ्रमण गर्न सुझाव दिनुभयो। र त्यहाँका स्थानीयहरुले यसक्षेत्रको विकासकालागि स्थानीय सरकारले प्रदेश सरकार लगायत केन्द्रीय सरकार यस क्षेत्रको बिकासको बातावरण  बनाएर अघि बढ्नुपर्ने सुझाब दियका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु