skip this
  • खेल

    पुर्वि चितवनमा मिलिजुली युबा क्लबकाे फुटबल प्रतियाेगीता

  • बिकाशका लागि युवा आजको आबश्यकता मिलिजुली युबा क्लबको अभियान निरन्तर खेल बिकाशमा हाम्रो अभियान भन्ने मुल नाराका साथ  श्री मिलिजुली युवा क्लबद्वारा हरितालिका तिजको अबसर पारी आयाेजित अन्तर टोलबिकास स्तरीय फुटबल प्रतियोगिताको उत्घाटन भएको छ। कार्यक्रम संचालन क्लबका सचीव नबराज घलानले गर्नु भएकाे थियाे  भने सभापति अध्यक्ष सन्चलाल वाईबा  रहनु भएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथी वाडा अध्यक्ष टिकाराज रिजाल र अन्य अतिथिहरु वाडा सदस्य र टोलबिकाशको अध्यक्षहरु रहनुभएको थियो बिशिस्ट अतिथी पुर्ण बुढा मगर,अतिथी विशाल घलान,नगेन्द्र गिरि,चुडामणि चौधरी,शेशकान्त रिजाल राजेन्द्र बिक रहनु भएकाे थियाे  थियो।
    प्रमुख अतिथिबाट रेफ्री अजय मगर(कालू)लाई बल हस्तान्तरण गरि कार्यक्रम उत्घाटन भएको थियो। प्रमुख अतिथी टिकाराज रिजाल ज्युले मन्तव्य व्यक्त गर्दै मिलिजुली युवा क्लबले फुटबल खेलकै माध्यमबाट समाजमा सबै फरक बिचारहरुलाई एक सुत्रमा बांद्न सफल भएकोमा क्लबलाई धन्यवाद दिनुभएको थियो भने हरेक खेलकुदमा वाडा कर्यलयबाट सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो।उत्घाटन खेल जनबिकश टोल विरुद्ध दिपज्योती टोलको खेलमा १०-०को फराकिलो अन्तरले दिपज्योती टोल बिजय भएको हो।खेल लिग अफ नकाउटको आधारित हुने छ।यश खेलको मुख्य उदेश्य अगामी नकाउट फुटबल खेलको लागि वाडाबाट राम्रो खेलाडी छान्नु रहेको क्लबका सचिव नबराज घलानले जनाएका छन ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु