skip this
  • चितवन विशेष

    रामपुरमा प्रचण्ड र विप्लवको विधार्थी एकता

  • भरतपुर,चितवन

    जायश्वर आचार्य

    मिति २०७५/ ०५/१७ गतेका दिन नेपालकै   बहुप्रतिष्ठित  एक मात्र कृषि क्याम्पस कृषि तथा वन विश्वविधालय रामपुर क्याम्पस मा भएको एक कार्यक्रमकाबीच विप्लवनिकट विद्यार्थीको सिंगो कमिटी नै प्रचण्ड निकट क्रान्तिकारीमा प्रवेश गरेको छ।

    रामपुर क्याम्पस मा रहेको विप्लवनिकट विद्यार्थीका क्याम्पस कमिटीका अध्यक्ष सहित सबै सदस्यहरुलाई प्रवेश गराउने कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा चितवनका नेता यमबहादुर परियार इन्द्रजित हुनुहुन्थ्यो भने बिशिस्ट अतिथीको रुपमा अखिल क्रान्तिकारीका केन्द्रिय निर्वाचन आयोग सचिव, चितवन जिल्लाका नेता र क्रान्तिकारी र अनेरास्ववियु बिचको एकताका सूत्रधार प्रकाश कँडेल रहनुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि यमबहादुर परियार इन्द्रजित ले विद्यार्थीको एकता सकारात्मक भएको र क्रान्तिकारीहरूको लागि निकै नै खुसीको कुरा भएको बताउनुभयो। भने विशिष्ट अतिथि प्रकाश कँडेल ले क्रान्तिकारी विद्यार्थीहरूको एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो विद्यार्थी समाजको एक सचेत वर्ग र परिवर्तनकारी शक्ति हो जसले अहिले सिङ्गो राष्ट्रलाई नेतृत्व गर्नसक्छ। उहाँले निजी कलेजहरूलाई रामपुर विश्वविद्यालयले दिएको सम्बन्धनको कडा आलोचनाका साथसाथै सम्बन्धन खारेज गर्नुपर्ने र त्यसो नभएमा सर्वोच्चमा जाने चेतावनी समेत दिनुभयो। हामी यस सम्बन्धनको सुरुबाट नै विरोध गर्दछौ र म सधैं जहिलेपनि सबै विद्यार्थीहरूको साथमा रहने छु उहाँले भन्नुभयो। कार्यक्रममा विप्लवका स्मपुर्ण कमिटि नै नेकपा निकट  विधार्थीमा प्रवेश गरेका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु