skip this
  • चितवन विशेष

    चितवनमा एक्सेस एजुकेशनको एक दिने शैक्षिक मेला

  • चितवन, भदौ, २०-

    चितवनको भरतपुरमा भदौं २२ गते एक्सेस शैक्षिक मेला हुने भएको छ । “एक्सेस एजुकेशन नेटवर्क” को आयोजनामा भरतपुर गार्डेन रिसोर्टमा मेला आयोजना हुन लागेको हो । धेरैजसो अष्ट्रेलियालाई लक्षित गरेर एजुकेशन फेयर हुदै आईरहेको अवस्थामा एक्सेसको एजुकेशन मेलाले भने विद्यार्थीहरुलाई अष्ट्रेलियासंगै न्यूजील्यान्ड, क्यानडा, युके र युएसए केन्द्रित गरेको छ । मेला मार्फत अध्ययन गर्न जाने देशको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तीको विषयमा पर्याप्त सुचना प्रवाह गर्ने एक्सेस एजुकेशन चितवन शाखाका निर्देशक हेमन खरेले जानकारी दिए । मेलामा विभिन्न कलेज तथा युनिर्भसिटीका प्रतिनिधिहरुद्धारा छात्रवृत्ति सम्बन्धि जानकारी,आइएलटिएसमा उच्च अङ्क प्राप्त गर्ने तरीका तथा करिअर काउन्सेलिङ् सम्बन्धि जानकारी प्रदान गराईने उनले बताए ।

    विहान १० बजे देखि साँझ ५ बजेसम्म मेला सञ्चालन हुनेछ । कुनैपनि विषयमा कक्षा १२, स्नातक, स्नातकोत्तर पास गरेका र नर्सिङ्गका विद्यार्थीसंगै अभिभावकहरु पनि यस मेलामा सहभागी हुन सक्नेछन् । मेलामा ५ सय जना भन्दा बढि विद्यार्थी अभिभावकको सहभागतिा रहने अनुमान गरिएको कन्सल्टेन्सीका मार्केटिङ म्यानेजर विज्ञान पाण्डेले जानकारी दिए । वान अप प्रालीको व्यवस्थापन, नविल बैंक र कम्युनिकेट मिडियाको सहकार्यमा शैक्षिक मेला आयोजना गरिएको हो ।

    समाचार सहयाेग नारायणी अनलाइन 

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु