skip this
  • फिचर

    प्रश्नपत्र आउट गर्ने प्राध्यापकको विरोध गर्दा विद्यार्थी नेता गिरफ्तार

  • काठमाडौं, २१ भदौ । त्रिभुवन विश्वविद्यालयमा परीक्षाको प्रश्न पत्र बाहिर्‍याउने प्राध्यापकलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । गिरफ्तार पर्ने विद्यार्थीमा नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव हेमराज थापासहित ७ जना रहेका छन् ।

    नयाँ शक्ति विद्यार्थी युनियनले आफ्ना पक्राउ परेका नेता लगायत सम्पूर्ण गिरफ्तार गरिएका विद्यार्थीहरुलाई यथाशिघ्र रिहाईको माग गरेको छ । युनियनका केन्द्रीय सचिव बलबहादुर सिकेले गिरफ्तार विद्यार्थीलाई रिहा गर्न तथा प्रश्नपत्र आउट गर्ने प्राध्यापकलाई बर्खास्त गरी तुरुन्त कारबाही गर्न त्रिभुवन विश्वविद्यालय तथा सम्वद्ध पक्षसँग माग गरेका छन् ।

    यसैबीच त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोप लागेका प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् ।

    एमएड साइकोलोजी र शिक्षाको आधार विषयको प्रश्नपत्र आउट गरेका भट्टराईले बुधबार शिक्षाको आधार विषयको विभागीय प्रमुखबाट राजीनामा दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु