skip this
  • चितवन विशेष

    सहकारीले ऋण दिएर ब्याज मात्रै खाने : मन्त्री लामा

  •  

    चितवन,भदौं २२-

    प्रदेश नम्बर ३ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारीले ऋण  दिएर ब्याज मात्रै खाने प्रवृत्तीको अन्त्य हुनुपर्ने बताएका छन् । अमरदिप महिला बचत तथा ऋण  सहकारी संस्था भरतपुरको ११ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री लामाले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न मन्त्री लामाले सुझाव दिए । उनले सहकारीको आर्थिक गतिविधी पारदर्शी हुनुपर्नेमा जोड दिए । “सहकारीका प्रत्यक सदस्य सहकारीको आर्थिक गतिविधीका विषयमा जानकार हुनुपर्छ,मन्त्री लामाले भने’,सहकारी क्षेत्र भष्ट्रचार मुक्त क्षेत्र बन्नुपर्छ ।”

    मन्त्री लामाले सहकारी ऐन निर्माणको अन्तिम चरणमा रहेको बताए । ऐनको अन्तिम ड्राफ्ट क्याविनेटमा पेस भैसकेको भन्दै उनले सदनमा छलफल पछि पास गराएर कार्यान्वयनमा लैजाने प्रष्ट पारे । चुनावका वेला जनतासंग गरेका वाचा नभुलेको भन्दै मन्त्री लामाले जनताका अपेक्षा चरणबद्ध रुपमा सम्बोधन हुने प्रतिबद्धता ब्यक्त गरे । देशमा सुकुम्बासी समस्या समाधान नभएसम्म राष्ट्रले संमृद्ध हाँसिल गर्न नसक्ने मन्त्री लामाको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु