skip this
  • चितवन विशेष

    नमुना खानेपानीको दोस्रो बार्षिक भेला सम्पन्न

  • कालिका नगरपालिका -३ सिमलबस्ती चितवन २२ भाद्र २०७५
    नमुना खानेपानी उपभोक्ता समिति कालिका न.पा ३ सिमलबस्ती चितवनको दोश्रो बार्षिक भेला सम्पन्न भएको छ।कार्यक्रमका सभापति यसै संस्थाका अध्यक्ष बरिस्ठ समाजसेबी पुर्ण बुढामगर , प्रमुख अतिथि यसै वार्डका वार्ड अध्यक्ष टिकाराज रिजाल रहनुभएको थियो।सुकुम्बासी बस्तीमा पहिलो दर्ता खानेपानी संस्थाको कार्यक्रमका विशेष अतिथिमा दिबस पाण्डे र पुन्य प्रसाद कटुवाल रहनुभएको थियो।कार्यक्रममा सन्चालक मरिचमान घलानले गर्नुभएको थियो भने, मिलिजुली युवा क्लबका सचिव तथा मिलिजुली टोल विकास संस्थाका अध्यक्ष अतिथि नबराज घलान,केशब अधिकारी,महेन्द्र बुढा मगर,प्रेम ब०दोङ लगायतका रहनु भएको थियो।

     

    कार्यक्रममा स्थापनाकालमा खानेपानीको लागि आवश्यक 10 धुर जग्गा दान गर्नुहुने र नगद रु ५००००/-(अक्षेरुपी पचास हजार रुपैयाँ मात्र) जग्गादाता समाजसेवी महेन्द्र बुढामगर लगायत खानेपानी बिकासका लागी सहयोग गर्नुहुने सबै संघसंस्था र ब्यक्तिहरुलाई सम्मान तथा कदर पत्र प्रदान गर्नुभएको थियो।संस्थाका आर्थिक प्रतिबेदन लेखा संयोजक बिशाल घलानले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै दिबस पाण्डेले दिएका थिए भने प्रमुख अतिथी टीका रिजालबाट नमुना खानेपानीका अध्यक्ष पुर्ण बुढामगर लगायतको अथक प्रयासमा दर्ता गर्न सफल भएको र सुकुम्बासी थानखोला सामुदायिक बनछेत्रबाट हटाउन सम्बन्धित निकायमा पहल गर्ने बताउदै कसैले चाहेर पनि बस्ती हटाउन नसक्ने स्पष्ट गर्नु भएको थियो।नेपाल सरकारको केन्द्रिय बजेटबाट ५५लाखको ओभर हेड ट्याङ्की निर्माण आर्थिक बर्श२०७३/०७४मा सम्पन्न भएपछि हाल उक्त खानेपानी उपभोक्ता सबैको एक घर एक धारा जडान गरि खानेपानी व्यवस्थित रुपमा संचालन हुँदै आएको छ।घर घरमा खानेपानी सुबिधा भए पछि उपभोक्ताहरुमा खुशी छाएको उपभोक्ताहरुले प्रतिक्रिया दिएका छन् ।

    (समाचार र तस्बिर श्रोत नवराज घलान कालिका 3 चितवन)

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु