skip this
  • खेल

    नेपालकाे शानदार जित, सेमिफाइनल प्रवेश

  • २३ भदौ, ढाका । आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो ।

    अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो ।

    तर, खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो ।

    खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाए ।विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षकले हातमै परेको थियो तर, उनले रोक्न सकेनन् र गोलमा परिणत भयो ।

    दोस्रो हाफमा पनि नेपालले दबाव बनाइराक्यो । निर्धारित ९० मिनेटको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालको जित सुनिश्ति भयो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु