
“रामकहानि” ले गर्यो जादु


२३ भदौ, चितवन
सुजन ढकाल
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र रामकहानि ले यति बेला काठमाडौं लगायत
उपत्यका बाहिरका हलमा आफ्नो जादु छरिरहेको छ । हरर कमेडी लभस्टोरीमा
बनेको चलचित्र रामकहानी ले दर्शकहरुबाट निकै राम्रो प्रतिकृया बटुलीरहेको छ ।
शुक्रबार करिब ७० – ८० % को अकुपेन्सी रहेपनि शनिबार भने राम्रो प्रतिकृयाका
कारण दर्शकको चाप अझै थपिएको छ । शनिबार चितवनका अधिकांश हल हाउस
फुल रहेको थियो ।
चलचित्र रामकहानीलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रलाई अभिनेत्री
पूजा शर्माले निर्माण गरेकी हुन् । हरर कमेडी लभस्टोरीमा बनेको चलचित्र
रामकहानीको गीत, ट्रेलरहरुलाई दर्शकले निकै रुचाएका थिए । चलचित्रमा पूजा
शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम
पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


