
उद्यमशील युवाद्वारा भरतपुर २१ मा पार्टीप्यालेस सञ्चालनमा ल्याउँदै


भदौ २९, भरतपुर
जायश्वर आचार्य
भरतपुर महानगरपालिका वडा नं २१ पोखरीचोकमा मामा-भान्जा पार्टी प्यालेस, रेस्टुरेन्ट र बार सञ्चालनमा आउने भएको छ।
यही असोज ३ गतेदेखि एक बिगाहा क्षेत्रफलमा बन्नलागेको पार्टी प्यालेस सञ्चालनमा आउने विवेक भट्टले जानकारी दिए। यहाँ विवाह, व्रतबन्ध,सभा,सेमिनार र जुनसुकै कार्यको लागि अत्याधुनिक सुविधासम्पन्न AC हल र प्रशस्त पार्किङ स्थान सहितको सुविधा पाइने कुरा पनि हामीलाई जानकारी दिए।



यहाँ बाहिरबाट घुम्न आउने व्यक्तिहरुका लागि रेस्टुरेन्ट र बार को सुविधा पनि रहेको र मनोरम दृश्यको अवलोकन गरी त्यसको मजा लिन सकिने कुरा पनि जानकारी दिए।