skip this
  • चितवन विशेष

    असाेज ६ गते नारायणी किनारमा कन्सर्ट हुने

  • चितवन, असोज १-

    नारायणगढमा असोज ६ गते पुराना तथा लोकप्रिय गायक फिरोज साङगदेन र एड्रिन प्रधानको संयुक्त कन्सर्ट हुने भएको छ ।

    लामो समयको अन्तरालपछि चितवनमा साङदेन र एड्रिन एकै साथ एउटै मञ्चमा सांगीतिक प्रस्तुति दिने भएका हुन् । दुई गायकहरु छुट्टिएपछि उनीहरुलाई नाइन्टिन सेभेन्टीफोर एडी ब्याण्ड मार्फत चितवनमा दर्शकले एक साथ देख्ने अवसर पाउने भएका हुन् ।

    गुरासै फुल्यो, सम्बोधन, वीर गोर्खाली, यो मन त मेरो जस्ता दर्जनभन्दा बढी गीतसंगीतले दर्शकको मन जित्न सफल गायकहरु दि ओरजिनल डियो फ्रमर नाइन्टिन सेभेन्टीफोर एडी व्याण्ड मार्फत् लाइभ हुने कन्सर्टको लागि उनीहरु चितवन आउन लागेका हुन् । एस्पी इभेन्ट एण्ड एड्भरटाइजिङको व्यवस्थापनमा भइरहेको नेपाल टुरअन्तर्गत उनीहरु असोज ६ गते चितवनको नारायणी किनारमा प्रस्तुति दिन आउने भएका हुन् । चितवनको लागि उक्त लाईभ कन्सर्ट व्यवस्थापन गरेको कली इन्टरटेनमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्टले नारायणगढमा आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

    चितवनमा हुने लाईभ कन्सर्टका कार्यक्रम संयोजक रबिन पाण्डेले असोज ६ गते साँझ ४ बजेबाट लाइभ कन्सर्ट सुरु हुने बताए । उनका अनुसार दि ओरजिनल नाइन्टि सेभेन्टी फोर एडिको लाइभ कन्सर्टमा सहभागी हुनेहरुका लागि लागि २०० रुपैयाँ र एक हजार रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।

    चितवनको भरतपुर, रामपुर, चनौली, गीतानगर,टाँडीलागायत द नेक्स्ट एजुकेसन एण्ड भिजा सरसर्भिसेको सम्पूर्ण शाखाहरुमा आयोजकले टिक पाउने व्यवस्था गराएको छ । कली इन्टरटेनमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्टका संस्थापक सुरजबहादुर गोदारका अनुसार लाइभ कन्सर्टका लागि आठ हजार टिकट छपाएको र उक्त टिकट बिक्रीबाट संकलित रकमले गरिब तथा जेहेन्दार चितवनका २ विद्यार्थीलाई छात्रवृत्ति दिने समेत जानकारी गराए । कली इन्टरटेनमेन्ट  एण्ड इभेन्ट म्यानेजमेन्टले यस अगाडि पनि चितवनको विभिन्न ठाउँमा लाइभ कन्सर्ट गर्दै आएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु