skip this
  • चितवन विशेष

    भरतपुर ११ स्थित ४ नं टोल मा तदर्थ समिति गठन

  • असोज २, भरतपुर:

    जायश्वर आचार्य

    भरतपुर महानगरपालिका वडा नं ११ स्थित ४ नं टोल अर्थात् कैलाश, समग्र, सरस्वतीकाकेही भाग र शुभकामनाको केही भागहरु मिली बनेको टोल मा १३ सदस्यीय तदर्थ समिति गठन प्रक्रिया सम्पन्न भएको छ।

    असोज १ गते सम्पन्न टोल भेलाले सर्वसम्मत रुपमा रबिन्द्र बरालको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो। उक्त समितिको उपाध्यक्षमा रामप्रसाद अधिकारी,सचिवमा कृष्ण प्रसाद तिवारी, कोषाध्यक्षमा मैया नेपाली,सहसचिवमा सन्तोष ढकाल रहनुभएको छ। त्यस्तै सदस्यहरुमा शोभा सापकोटा, कमला गौतम तिमल्सिना, लालू थापा, माधवी कुँवर,निर बहादुर बस्नेत, जायश्वर आचार्य, देवी दवाडीलक्ष्मी कुमाल रहनुभएको छ।

        उक्त टोल भेलाको अध्यक्षता टोल का ज्येष्ठ सदस्यले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा टोल समायोजन तथा सार्वजनिक जग्गा छानविन समितिका संयोजक तथा वडा सदस्य ज्ञान बहादुर कुमाल रहनुभएको थियो। त्यस्तै अतिथिहरुमा टोल समायोजन तथा सार्वजनिक जग्गा छानबिन समितिका सचिव नारायण प्रसाद दवाडी,सदस्य लाल माया लामा रहनुभएको थियो।

         कार्यक्रममा उपस्थित अतिथीहरुले टोल समायोजन प्रक्रिया अहिलेको आवश्यकता रहेको भनाइ राख्नु भएको थियो। निर्वाचित अध्यक्ष बरालले सम्पूर्ण टोलबासी हरुलाई मिलाएर र एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । र विकास निर्माण का कार्यहरुलाई तीव्रता दिने उल्लेख गर्नुभयो। कार्यक्रममा करिब चार सय टोलबासीहरुको उपस्थिति रहेको थियो। उक्त भेलाले समायोजित टोलको नाम कैलाशेश्वर रहने निर्णय गरेको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु