skip this
  • चितवन विशेष

    चितवन मा संविधान दिवस भव्य रुपमा मनाइयो

  • असोज ३,चितवन:

    संविधानलाइ समय सापेक्ष परिवर्तन गर्दै लगिने चितवनबाट निर्वाचित प्रदेश सांसदहरुले वताएका छन् । संविधान दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद घनश्याम दाहालले नेपालको इतिहासमा जनताले बनाएको पहिलो संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै सफल बनाउन सबैको भुमिका अहम हुने वताए।

    २०७२ साल असोज ३ गते जारी संविधान आफैमा पुर्ण नरहेको भन्दै उनले यसलाइ समय सापेक्ष बनाइदै लगिने वताए । संविधान परिवर्तनशिल र गतिशिल भएको उनको भनाइ छ । आवाज, घनश्याम दाहाल, सांसद, प्रदेश नं. ३ प्रदेश सांसद बिजय सुवेदीले संविधान अनुसार शासन ब्यवस्था लागू भएको भन्दै बिश्वका उत्कृष्ट संविधान मध्ये नेपालको संविधान पनि एक रहेको दावि गरे।

    संविधानको कार्यन्वयन चुनौतीपूर्ण रहेको भन्दै संविधान मार्फत नै समाजलाइ सुसस्कृत बनाउन आवस्यक रहेको उनले वताए । समाजलाइ सुसंस्कृत बनाउन नसक्दा बलात्कारका घटना बढेको उनको भनाइ छ । आर्थिक समृद्धिका लागि चालु खर्च घटाएर पुंजिगत खर्च बढाउनुपर्ने उनले वताए । नेकपा नेता तेजेन्द्र बहादुर खड्काले संविधान उत्कृष्ट रहेको भन्दै यसमा जनताका मौलिक अधिकार समाबेश गरिएको वताए।
    संविधानबाट नै समाजवादमा जान सकिने भन्दै उनले यसतर्फ बर्तमान सरकर दृढ रहेको समेत दाबि गरे । पछिल्लो समय महिला हिंसाका घटना बढेको भन्दै उनले प्रधानमन्त्रि ओलिले बिकृती र बिसङगती विरुद्ध अरिङगाल हुन निर्देशन गरेको दाबी गरे । नेकपाका अर्का नेता ईस्वरी भट्टराइले सरकारले समृद्ध नेपाल र सुखी नेपालिको नारा दिएको भन्दै संविधानको कार्यन्वयन बाट नै समृद्धि प्राप्त गर्न सकिने वताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु