skip this
  • फिचर

    चलचित्र “किशोरीका सपनाहरु”ले कर्णाली समाजमा परिवर्तन ल्याउँछ: निर्देशक अाचार्य

  • 🌹शुक्रराज अाचार्य
    गमगडि, मुगु ।पब्लिक मिडिया सेन्टर चितवनको सहयोगमा कर्णाली कला तथा संस्कृतिक संरक्षणकाे मन्चकाे संयुक्त प्रस्तुति नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु”अबकाे केही दिनमा नै बजारमा सार्वजनिक हुने भएको छ । नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु”काे निर्देशक हरिकेश अाचार्यले याे चलचित्र जनचेतना तथा सन्देशमुलक चलचित्र रहेकाे र यसले अाफ्नाे कर्णाली प्रदेशकाे दुर्गम समाजमा बसाेवास गर्ने किशोरी र किशोरकाबिच रहेको जुन विभेद प्राकृतिक नभएर समाजले अाफै सिर्जना गरेको ठहर गर्नुहुन्छ ।
    समाजमा अाधा भाग अाेगट्ने किशोरीहरुलाई यस्ता विभेदबाट मुक्त गरि समतामूलक,सुन्दर र न्यायपुर्ण समाजकाे निर्माण गरेर मात्र हामी सहि गन्तव्यमा पुग्न सक्छौ । त्यसै कारण अाफ्नाे चलचित्र ” किशोरीका सपनाहरु”ले नयाँ र विभेद रहित समाज निर्माण गर्न कर्णाली समाजमा ठुलो टेवा पुग्ने बताउँनु भयाे ।
    याे चलचित्र किशोरीकाे पक्षमा बनाईएकाे छ ।समाजमा किशोरी र किशोरकाे समान भुमिका हुनु पर्नेमा पितृसक्ताकाे कारण किशोरकाे वर्चस्व र प्रभुत्व रहेको छ । यस चलचित्रमा किशोरीले भाेगेका पिडाकाे चर्चा गर्दै किशोरका प्रमुख भुमिकाकाे अन्त्य र किशोरी किशोर समानताकाे चाहना प्रकट गरेकाे छ ।
    समाजमा किशोरीहरु पछि परेका नभई पछि पारिएका हुन भन्ने कुराकाे सन्देश व्यक्त गर्दै चलचित्रका निर्देशक अाचार्यले एक अर्काकाे सहयोग र सदभावबाट समाज अघि बढेमा नै किशोरीहरु किशोर सरह बन्ने कुराकाे उद्घाेष गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु