skip this
  • फिचर

    लेबर देखि लेखक सम्म

  • -शुक्रराज अाचार्य

    सन्चै छौ भनेर कसरी सोधु ? तिम्रा पिडा,कष्ट अनि व्यथा र बेदनाहरुले सुक्क सुक्क गरेर मेरो मौनता नै भङ्ग गर्ने गरी यी कानसामु तरङ्गित भैरहेका छन् ।अनि तिमि भनन् म कसरी खुसी हुन सक्छु र ।तिम्रो अन्य प्रेम र चित्कारको संवदेनशीलतालाई गहिरिएर ठम्याउन खोजे पनि लाचारिपनको हतकडि लगायर तिम्रो न्यानो वक्षस्थलको स्पर्शबाट निकै दुर भएको छु ।अरुको भन्दा आफ्नो माता,पिता र मातृभूमि त सबैलाई प्यारो लाग्छ । नै अझ मेरो धर्ति भने पनि संसार भनेपनि तिमी नै त होउ नि अनि जिवनदाता,कर्मदाता र भाग्यविधाता भने पनि तिमी बाहेक अरू को नै छ र ? तिमी जे होउ दिल होउ ,आश होउ अनि सवथोक होउ ,तिमीले मलाई हर खुशी दियौ तर मैले तिमीलाई केही दिन सकिन्। बरु तिमीबाट उल्टै विछोड हुन पुगे ।कहिले काहि त भक्कानो फुटेर आउछ । भाव विभोर हुन्छु । तिम्रो अथाह स्नेह र प्रगाढ़ माया अनि तिम्रा अमुल्य ती प्राकृतिक सम्पत्तिहरू चिन्ने र उचित प्रयोग गरी तिमीलाई रङ्गीचङ्गी र झलमल पारेर रमाउने धृष्टता गर्न सकिन । पखेटा पलाए पछि बचेराले भुरभुर गुड छाडे झई आज मैले पनि तिमीलाई छाड्न पर्दा आफै प्रति वितृष्णा र धिक्कार लागेको छ । आखिर कर्णालीको गंगाजल जस्तो तिम्रो चोखो र अपार मायामा के नै कमि थियो र ? आज हजारौ तिम्रा सन्ततिहरू खाडी भनिएका अदृश्य उजाडिदो झाडी तिर धकेलिदै छन् । के गर्ने ?तिमी बुझ्छ्यौ तर तिम्रा सन्ततिहरू बुझ्दैनन् । या अबुझ बनेर उभिइ दिन्छन् । परिणामत: तिमीसँगको हिरालाई पत्थर सम्झने केही द्रव्यपिपाशुहरू खाडीमा कौडीका पछाडी दौडिरहे पनि त्यो मृगले मरुभूमिमा पानी खोजे जस्तो मृग तृष्णा बाहेक अरू केही हुदैन । यसरी सिर्जित समस्याको ज्वारभाटाले तिमीलाई पनि त निकै चिन्तीत तुल्याएको हुनुपर्छ । तिमीसँग आखिर के छैन ? हरचिज छ ।

    सोत साधन अनि प्रकृतिको पृथक समिश्रण छ ।तर पनि कस्तो विडम्बना दुनियाले तिमीलाई पछौटे,दुर्गम,विकट,छाउपडी,भोकमारी अनि यस्तै कंगालको उपमा दिएका छन् । अरूहरू कृतिम बजारिया अन्तर र पाउडरमा हर्हराएका छन् क्षणिक रङ्गीचङ्गीमा घमण्ड गरेका छन् । अध्यारो प्रकाशमा शान देखाएका छन् । तर तिमीसँगको सुगन्धित वनस्पति,यार्सागुम्बा र जडीबुटी अनि प्रकाशमा किरण बाडेर झिलमिली पार्ने यी रारा ,से-फोक्सुण्डो ताल र मुगु,हुम्ला कर्णाली खै किन अवमूल्यन भैरहेका छन् । तिमीसँग भएका यि दुई ठुला ताल मध्य रारामा पर्यटकीय गन्तव्य बन्दै आई रहेको छ । कर्णालीमा हाल आए र नया स्वरूपमा रिउको पुल बन्दै छ । यो पटकको पुल अवश्य पनि तिम्रो हाम्रो अनि सबै कर्णाली बासीको चाहना अनुकूल हुनेछ । तिम्रो हृदय त्यसै भावविभोर बनेर आउने छैन ।तिम्रा नदिहरू बाढी ल्याउन खेतिपाती मास्न अनि मानविय क्षति गर्न मात्र जान्छन या सिंचाई र जलविद्यु उत्पादनमा लागेर तिमीलाई प्रज्वलित पार्न पनि जान्द्छन । मैले त अझ सम्म द्रोसो होईन पहिलो काम मात्र गरेको देखेको हुर्दा ज्यादै मर्माहित छु । म त टुक्की बाल्थे त्यी बाल्छु र थाहा छैन कहिलेसम्म त्यही बालिरहन्छु, मलाई तिम्रो नदीले अहिलेसम्म प्रगति तिर धकेल्न नसक्नु के तिम्रो दोश हो र ? जानी जानी तिमीले पनि किन हामिलाई दु:ख दिन खोज्थ्यौ होला र हैन त ? तिमीसँग प्रकृतिको वरदान स्वरूप विश्व सम्पदा भित्र सुचिकृत राष्ट्रीय निकुंज अनि ताल छ । जसलाई विस्वले सम्मान गर्छ । कस्तो विडम्बना। यहाँ सफलताको खुब चर्चा गरीन्छ । तर सम्भावनाको हेक्का हुदैन् विचारमा कन्फ्युशियसगँ दाजिन्छ । तर चरित्रमा लुई सोहौ र निरोभन्दा फरक पदैन् । आखिर त्यही बिशेषताका कारण हामी ठगिए जै लाग्छ । तिमीबाट मैले संघर्षको पाठ सिकेको छु । ज्ञान र चेतनाको मुहान् भेटेको छु । त्यसैले अब प्रशन गर्छु । यो चुक घोप्टाए जस्तो औसीको अध्यारो रातलाई विवेक र साहसले हटाएर उषाकालिन बिहानिमा रूपांतरण गर्नेछु । सम्पुर्ण दिवा स्वप्नन द्रष्टाहरूलाई व्यझाएर समून्नत कर्णाली निर्माण गर्नका लागी आपसी शक्ति संश्लेषण गर्दै र परिवर्तनको मुस्लो लिएर अगाडि बढ्न प्रयत्न गर्दैछु । मलाई पूणॅ आशा छ,केही समयमै हाम्रा कुदिन समाप्त भै सूदिनको उदय हुने छ। हो । म प्रतिक्षा गर्छु, तिमीलाई अब धेरै दिन रून दिन्न ,म तिम्रो चाहना र भक्तिको लागी जेठी तरबार लिएर आउदै छु । एक थोपा रगत रहुन्जेल पनि तिम्रो न्यायको पक्षेमा वकालत गर्ने छु । म सहन्न ,साच्चै सहदै सहन्न । तिमी माथिको अन्याय, अत्याचार, शोषण, दमन र भ्रष्टाचार । अब नया नेपालको सन्दर्भमा हामीले पनि नया कर्णालीको पृथक प्रारुप निमाण गर्नु छ । कर्णालीमा रहेका सबै नदीहरुमा पुल बन्ने छन् । कतै यात्रामा ठेस लाग्ने छैन् । सडक निमाण हुनेछ । धुलो र हिलोको तजाई अन्त्य भै सास्ती खेपनु पर्ने छैन । नदिबाट विधुत पैदा हुनेछ,सिंचाई गरिने छ,बाढी क्षतिको समाचार बने छैन् । नया कानुन बनेछ, रारा र राष्ट्रीय निकुंजमा विकासका वाधक पक्षहरू पन्छने छन्। यति मात्र होईन,व्यबसाहिक प्रतिस्पर्धा आत्मक र व्यबस्थित बजार व्यवस्था कायम हुनेछ । अनि स्थानिय कृषका उत्पादनहरू उत्पादनमुखि र आय सोतको मुहान बने छ । हुम्ला र मुगुमा एउटा चिनको नाका बनेछ । छिटो शुलभ र सस्तो रूपमा आयतित हुनेछन । हो पक्कै हो । हामी तिम्रा सन्ततिहरू प्रयत्न गरेर पनी यो अभिष्ट सार्थक र सफल बनाउन संघर्ष गरिरहेका छौ । तिमी त्यो बेला आफ्ना सन्तति प्रति गर्भ गर्ने छौ । हामी तिमीलाई सिगार्ने छौ । अनि तिम्रो सामिप्ता कहिल्यै छुट्ने छैन । टाढिएका पछुताउने छन् । गिज्याउनेहरू नतमस्तक हुनेछन् । परका अनि तिम्रा सामु हुन लालायित हुनेछन् । हामी सबै फुरूङ्ग हुने छौ । हाम्रो प्रगतिमा दुनियाले डाहा गर्ने छन । कर्णाली देखि खाडी सम्मका तिम्रा सन्ततिहरू कर्णालीका सन्तान भै यहि भित्र नै मिलेर जुटेर परिश्रम गरेर युगौयुग बाचिरहनेछन । हो हामी गरीब छैनौ,अभागि छैनौ,रोगी छैनौ, धनि छौ,भाग्यमानी छौ , स्वाभीमानी छौ । आजैबाट

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु