skip this
  • फिचर

    माअाेवादी नेताहरलाइ कुनै न कुनै मुद्दामा फसाउने ग्राइन्ण डिजाइन

  • काठमाडौं – सशस्त्र द्वन्द्वको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो अपराधको सजाय भाग्नुपर्ने चर्चा पटक–पटक सुनिन्छन् । फेरि एक पटक त्यस्तै चर्चा चल्न थालेको छ । जनयुध्दमा महत्वपुर्ण भुमिका निर्वाह गरेका अन्य नेता हरू बाबुराम, बैध्य, हालका गृहमन्त्री बादल, गाैरव, विप्लब, मात्रिका यादव,  वर्षमान, जनार्धन ,नन्दकिशाेर पुन पासाङ, लगाएतका तत्कालिन  माअाेवादीका नेता हरू लार्इ मुद्दा लगाइ फसाउने षडयनत्र भइरहेकाे विशेष सुत्र बाट जानकारी अएकाे छ ।

    बाबुराम लार्इ अमेरिकामा कालाे झण्डा देखाउने देखि लिएर वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्रा्ष्ट्रिय अदालत जाने कुराले यस्ताे षडयन्त्रकाे अाशंका गरीएकाे छ । अहिलेकाे समयमा माअाेवादीकाे शक्ति विकेन्द्रित भएकाे अवस्था लार्इ मध्यनजर गरी यस्ताे षडयन्त्रकाे प्रयास भइरहेकाे हुन सक्ने जानकार हरू बताउछँन । माअाेवादी लाइ क्रान्तीकाे नाममा हाेस या विकासकाे नाममा क्षतविक्षत गर्ने अनि माअाेवादी हरू बिच सामान्य सदभाव पनि रहन नदिने र अन्त्यमा सबै माअाेवादी नेताहरलाइ कुनै न कुनै मुद्दामा फसाउने सम्मकाे ग्राइन्ण डिजाइन भइरहेकाे विशेषज्ञ हरूले बताएका छन । पछिल्लाे समय माअाेवादी नेता प्रकान्ड काे गिरफ्तारी सँगै माअाेवादी नेता हरू  विच बढ्दै गएकाे दुरी र अाराेप प्रत्याराेपले पनि याे कुराकाे पुस्टी गर्दछ ।

    अाफ्ने  छाेरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    छोराको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशले आफूलाई न्याय नदिए पनि अन्तर्राष्ट्रिय अदालतले न्याय दिने विश्वास व्यक्त गरिन् ।

    द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गर्न यसबीच ११ वटा सरकारसँग आग्रह गरेपनि आफूहरूलाई न्याय नदिएको गंगामायाले स्मरण गराइन् ।

    गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको उल्लेख गर्दै ठूला अपराधिलाई अन्तराष्ट्रिय अदालतले समात्ने विश्वास व्यक्त गरिन् । आमरण अनसनका कारण शिथिल बनेकी गंगामायाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन प्रक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्न पनि गरिन् ।

    छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्ने आदेश दिएपछि गंगामायाले नेपालबाट आफूले न्याय पाउने आशा मरेको बताइन् ।

    अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेमा प्रचण्डलाई जेल सजाय पनि हुने सम्भावना रहन्छ । राष्ट्रिय राजनीतिको मूलधारमा रहेका प्रचण्डलाई जेल सजाय गराउन  विभिन्न विदेशी संघसंस्था समेत सक्रिय रहेको चर्चा सुनिन्छ । यसकाे निमित्त ठुलाे अार्थिक लगानी पनि गरेकाे वुध्दिजिवी हरूले अाराेप लगाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु