skip this
  • फिचर

    राजनिति बिगत र बर्तमान(अड़क एक) :नारायण रेग्मि

  •  

    राजनिति बिगत र बर्तमान(अड़क एक)
    ●●●●●●●●●●●●●●●●●●●●●●
    कम्यूनिष्ट पार्टीको बैधानिक सदस्यता प्राप्त गरेको तिन बर्षमा नै पार्टीको अर्धशैन्य दस्ता(योड़ग कम्यूनिष्ट लिग-YCL)को दिब्यनगर गुञ्जनगर शुक्रनगर शारदानगर मेघौली बिजयनगर गाबिसको क्षेत्रिय अध्यक्षको रुपमा थिए।पार्टीले जनयूद्द शुरू गरेको बार्षिकी पनि पुरा भएको थिएन।रोल्पामा शैन्य अभ्यासमा जूटेका बयालिस जनालाई लत्ताकपडा आर्थिक सहयोग जुटाएर पठाएको एक महिना जति बितिसकेको थियो।त्यसबेला गुञ्जनगर-5र शुक्रनगर हाम्रो पार्टीको राम्रो आधारईलाका मानिन्थ्यो।त्रिपन्न साल भाद्र महिना थियो त्यस समय अड्चालिस घण्टा लगातार झरि परेको थियो।क.प्रचण्ड र क.बाबुराम भट्टराई शुक्रनगर तलको जप्का(थारू)बस्तिमा पार्टी प्रशिक्षण दिन आउने कुरा जानाकारी भए बमोजिम हामी पाॅच जना साथीहरू झरीमा रूझ्दै घोल तर्दै बल्ल तल्ल जप्का पुग्यौ।कार्यक्रम स्थल घरको छाना भएको खडाईले बारेको थारूबस्ती बिचको एउटा हाम्रै साथिको घर थियो।बर्षातको समय चिसो भूॅई बोरा र गुन्द्री ओझ्याईएको थियो र अगाडि पट्टी दुई खाट थियो त्यसमा पनि गुन्द्दी बिच्छ्याईएको थियो अतिथी कमरेडहरूका लागि।बर्षातको समय खेतको बिचको घर झ्याउकिरी भ्यागूताका आबाजहरू बेस्सरी सुनिन्थ्यो।देशमा जनयुद्द सुरू भैसकेकोले सुरक्षा प्रबन्ध राम्रो मिलाईएको थियो।हामी अर्धशैन्य दश्ताका केहि साथिहरू बाटो घरको कर्सामा मुलगेटमा सेन्ट्रीमा थियौ।जिउ पुरै भिजेकोले सिउ सिउ लागेपनि बेग्रता उच्छुकता र त्रास पनि थियो।कमरेडहरूको आगमनको सूचना पाएपछि हामी थप सतर्क भयौ।यस्तैमा क.प्रचण्ड क.भट्टराई र शहिद मित्रमणिकी ममातमयी माताको प्रबेश भयो।लगभग सयको हाराहारीमा उपस्थित भएका हामी कमरेडहरू उत्साहित भयौ।पेट्रोल मेस लालटिन टुकिको प्रकासमा अतिथी कमरेडहरूको अनुहार नियाल्यौ।सायद त्यसबेला कार्यक्रम सञ्चालन बिजयनगर जुझारू कमरेड बिष्णु दुबाडीले गरेको हुनुपर्छ
    जो हाम्रो सामु अहिले हुनुहुन्न। सेन्ट्रीका जिम्बेबार कमरेडलाई पनि प्रशिक्षणमा सहभागि गराउन दुइ घण्टाको आलोपालो प्रणालि मिलाईएको थियो।प्रशिक्षण र शहिद परिबार सम्मान कार्यक्रम थियो।पदिय जिम्मेबारको क्रममा ढोकाको आगमनको सुरक्षा प्रबन्धमा म भएकोले सबै गतिविधि सुन्ने नियाल्ने अबसर जुट्यो।अहिले पनि याद छ अध्यक्ष प्रचण्ड रातो चेकसर्ट र भट्टराई कमरेड कट्टराईजको टोपीमा हुनुहन्थ्यो।करिब सात बजे सुरू भएको कार्यक्रममा सिलबर्डको कुचिएको अड़खरामा चार पटक घटघट पानी खादै क.प्रचण्ड चार घण्टा लगातार बोल्नु भयो पार्टी सड़गठन जनयूद्द रणनितिको बारेमा पछि हाम्रो मित्रशक्ति को?भन्ने मेरो प्रश्नले थप आधा घण्टा लियो।दिनभरको काम रूझेको शरिर भोको पेट चारघण्टाको बसाईमा क. प्रचण्डको प्रशिक्षणले सबै बिर्सायो।करिब साढ़े एघार बजे कागजमा राखेर दालमोठ र च्यूरा अनि एक एक गिलास फिका(कालो)चिया खाएपछि करिब एक घण्टा भट्टराई कमरेडले अन्तराष्ट्रिय परिस्थितिबारे चर्चा गर्नुभयो।सहिद मित्रमणी आचर्यकी मातालाई कागजमा ढाकेर ल्याइएको फ्रेम सहितको मित्रमणी कै फोटो दिदैगर्दा बहाॅ सुक्क सुक्क रूदै अरू कमरेड सड़गै फोटो समाए मुट्ठी पारेको एक हात उठाएर लाल अभिवादन गर्दा रातिको एक बजिसकेको थियो। टेम्पोमा आउनु भएका क. प्रचण्ड सहितका अतिथी कमरेडहरलाई बिदाई गरि थप उत्साहित बन्दै हामी पाॅच जना मध्यरात साइकलमा घर (शसिनगर) पुग्दा रातको दुइ बजिसकेको थियो।क्रमश………..

    Narayan Regmi

    लेखक सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका उप-प्राध्यापक हुनुहुन्छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु