
धैनकाेटमा लागु औषधी तथा मदिरा नियन्त्रणसम्बन्धि अन्तकृर्या कार्यक्रम सम्पन्न


शुक्रराज आचर्य
गमगडी,मुगु
मुगु मिडिया सेन्टेर नेपाल मुगु शोरु गाउँपालिका अभियानले आज शोरु गाउँ पालिका १०धैनकोट्मा मदिरा नियन्त्रण तथा लागू औसत विरुद्ध अन्तर्कृया कार्यक्रम गरेको छ ।अन्तर क्रियाका क्रममा वडा न १० वडा अध्यक्ष धर्मराज जैसिले आफुले आजैका दिन देखि चुरोट सुर्ती र मदिरा सेवन त्याग गरेको घोषणा गतेका छन ।लागू औषधको बारेमा अन्तरकृया पछि यसले कसैलाई पनि फाइदा नगर्ने भयकाले आफुले सेवन गर्दै आयको रक्सी ,चुरोट र सुर्ती सदैको लागि त्यागेको बताउदै अरुलाइ पनि धुर्बपान,मध्यपान लगायत कुनै पनि लागू औषध सेवन नगर्न आग्रह गरे।
वडा न १० मा मदिरा नियन्त्रण तथा लागू औषधको प्रयोग न्यूनीकरण गर्नाका लागि वडा कार्यलयमा विभिन्न कार्यक्रम लियर आउने मुगु मिडिया सेन्टर मुगुका कार्यक्रम संयोजक दिपराज जैसी ले बताए ।
लागू औषधका कारण युवाहरूमा समस्या देखियकाले निर्माण को युगमा युबाहरु स्वस्थ हुनुपर्ने जैसिको भनाइ थियो।
यसैगरी उक्त दिन नै धैनकोट मा रहेको श्री जगतमाला माध्यामिक बिध्यालयमा जनचेतना तथा सन्देश मुलक कार्यक्रम गरियको मुगु मिडिया सेन्टर मुगुका प्रमुख सल्लाहकार मदन बहादुर मल्ल ठकुरीले जानकारी दिए।बिद्यार्थी हरुलाइ मदिरा,लागू औषध र यस्को प्रयोग ले हुने हानिको बारेमा जानकारी गराउदै मदिरा नियन्त्रण तथा लागू औसत मुक्त समाज निर्माण मा सबैको साथ हुनुपर्ने विषयमा सचेत बनाइयको मल्ल ठकुरिको भनाइ थियो।


