skip this
  • फिचर

    राजनिति बिगत र बर्तमान(अड़क दुई) :नारायण रेग्मी

  • राजनिति बिगत र बर्तमान(अड़क दुई)
    ●●●●●●●●●●●●●●●●●●●●●
    तात्कालिन शेर बहादुर देउपाको सरकारलाई एकचालिसे बुदे ज्ञापन पत्र बुझाएर जनयूद्द सुरू गर्दा म भर्खरै बीरेन्द्र क्याम्पसमा आई .ए.को बिद्यार्थी थिए।अहिलेका सहकर्मी आदरणिय गुरूहरू निर्मलकुमार शर्मा,धर्मराज घिमिरे,ओमप्रकाश पोख्रेल, यम प्रसाद शर्मा,प्रा.कपिलमणि रेग्मी,मोहनसिह राउत ,डा.रबिमोहन सापकोटा त्यसबेला मेरा गुरूहरू हुनुहुन्थ्यो।निम्न मध्यम बर्गिय परिबार ठूलो परिबार संख्या स्थायी आयको स्रोतको अभाबमा राजनिति, अध्ययन र घरायसी काम बिच तारतम्य मिलाउनु कठिन थियो।अति जिर्ण चनौली -चौबिसकोठी सडक, डेढघण्टा फरकमा छुट्ने बाह्रबटा बसको सिन्डिकेट,घर घरमा यात्रु झार्ने प्रचलन, पसलका समान पत्रिका बोक्ने मालबहाकको भूमिका र कमजोर ईन्जिनका कारण मिलनचोक-बीरेन्द्र क्याम्पस गेटको अठार कि.मि.यात्रा गर्न डेढ देखि दुईघण्टा लाग्थ्यो।बर्षातका कतिपय दिनहरूमा त बिचैबाटो बाट क्याम्पस नपुगि फर्कनुपर्थो।पराम्परागत धान मकै तोरी गहूॅ बाली छोडेर ब्यशायिक तरकारी खेति गर्ने अगूवा किसानका रूपमा थियौ हामी।ब्यबशायिक तरकारी खेतिका कारण बिहान पाॅच बजेदेखि बेलुका सात बजे सम्म बारीमा नै काम गर्नुपर्थो।उत्पादित तरकारी चनौली बजार नारायणगढ बजार र काठमाण्डौ कालिमाटी सम्म पनि बिक्री बितरणका लागि लगिन्थ्यो।पश्चिम चितबनबाट भिमनगरका केहि किसान, टड़क रेग्मी र हामी नै थियौ त्यसताका अगूवा कृषक।कालिका बोर्डिड़को होस्टेल,गाउका पूजाआजा बिबाह र छरछिमेका पनि तरकारीको केहि खपत हुन्थ्यो।बजारको अभाब उच्चलागत मूल्य फेरबदलका कारण सामान्य घरखर्च चलेपनि ब्यबशायिक तरकारीबाट आर्थिक फड्को मार्ने अबस्था भने थिएन र मारिएन पनि।रोल्पाको शैन्य अभ्यासको हल्ला तरड़गित हुदै थियो।पार्टी केन्द्रले सर्कुलर जारी गरेर भित्तेलेखन शेल निर्माण र प्रशिक्षणलाइ जोड दिदै थियो।पार्टी जनयूद्दमा प्रबेश गरेकोले अर्धशैन्य दस्ताको भूमिका घनिभूत हुदैथियो।छ वटा गाबिस डुलेर सूचना प्रबाह भेटघाट गर्नु कठिन कार्य थियो।अहिलेको जस्तो मोबाइल ईन्टरनेट फोटोकपी यातायात सुबिधा थिएन त्यताका।थोत्रो चेन फुत्किरहने पाईडल बाड़गो साईकलमा डुल्नुपर्थ्यो।

    केन्द्र जिल्लाले पठाएको सरर्कुलरलाई कार्बपेनपेपर राखेर पुर्नलेखन गर्नुपर्थ्यो अनि छ वटा गाबिसका बिस पच्चिस शेलहरूको प्रशिक्षण बैठक गराई बाढ्नुपर्थ्यो।महिनाको पचास रूपैया लेबि स्वरूप तिर्नुका अतिरिक्त श्रमदान स्वरूप धान काट्ने झार्ने आली लगाउने गरेर थप आय जुटाउनुपर्थ्यो पार्टीलाई।कार्बन पेपर कलम कपी भित्तेलेखनका लागि गेरू खर्च छुट्याएर बाॅकी रहेको रकम जिल्लाका साथीहरूले बुझ्नुहुन्थ्यो हरहिसाब पारदर्शि हुन्थ्यो।भित्ते लेखनका लागि ब्रस बाँस थिचेर बनाईन्थ्यो भने औषधिका बोत्तल गेरूको घोल राख्न प्रयोगमा ल्याईन्थ्यो।तात्कालिन समय जनयुद्धको मुलनारा प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं,भन्ने थियो भित्ताभरि गेरूले रातभर यहि नारा लेखिन्थ्यो।अक्षर राम्रो भएको र अध्यक्ष म आफै भएकोले भित्ते लेखन चाहि म आफै गर्थे साथीहरु लाईट बालेर मलाई सहयोग गर्थे।दिनभर कामको थकान बिर्सेर अध्ययनलाई थाती राखेर गाउका हामी पाॅच छ जना साथिहरू साझपख झ्यालमा लाईट बालेको इसारामा घरमा थाहै नदिइ बाहिरेर बैठक छलफल श्रमशिबिर भित्तेलेखनका काम पत्ते गरेर आउथ्यौ।गाउमा हामीहरूलाई माओबादी भनेर चिन्थे तर मुख फोरेर भन्न भने आॅट गर्देनथे।रातभर रड़गेको भित्तोको अक्षर बिहान हेरेर कोहि कोहिले चाहि मलाई ईड़गित गरेर तिम्रै अक्षर हो सम्म भन्थे म भने हासेर टारिदिन्थे।त्यसताका सन्तोस पन्तको हिजोआजका कुरा भन्ने हास्यश्रृड़खला एकदमै चर्चित थियो र एन्टिना घुमाई घुमाई साझ करिब नौ बजेतिर सबै यहि कार्यक्रम हेरेका भेटिन्थ्यो।भित्तेलेखनको क्रममा आफ्नै चोक(मिलनचोक)को कार्यक्रम थियो त्यो दिन जाडोको महिना साढ़े नौ बज्दासमेत चोकका मानिसहरू हास्दै हिजोआजका कुरा हेरिरहेका थिए।प्रहरीले गस्ति सुरूगरेकोले चाढै नै काम भ्याउनु थियो।हामीहरु मध्येका एउटा साथिले रक्सी खाएको अभिनय गरि झगडा गर्दै चोकका दुईचार वटा शटरमा ढुड़गा हान्ने अनि मानिस डराएर सुत्छन बाहिर निस्कदैनन् अनि काम फत्ते गरौ भन्नु भयो र त्यही जुक्ति प्रयोग गरि लेखेर सकेर साढे दसबजेतिर घर फर्कने क्रममा थियौ चनौलीतिरबाट हुईकेर एउटा भेन आयो।हामी साइकल छोडेर चोकको मिलघर पछाडिको कर्सामा लुक्यौ।पुलिसको भेन रहेछ मिलनचौक हुदै ज्योतिनगरतिर हानियो।हामीहरु भने डरले काप्दै अघि छोडेको साइकल लिएर घरतिर लाग्यौ।रात छिप्पिसकेको र अघिको सम्भाबित जम्काभेटको डरले डेरा जमाएकोले होला सायद साथिहरुबिच साईकलमा घर पुग्नेक्रममा खासै बोलचाल भने भएन।क्रमश ……..

    Narayan Regmi 

    लेखक सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका उप-प्राध्यापक हुनुहुन्छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु