skip this
  • फिचर

    कोरियामा बृहत् रचना वाचन तथा श्रस्टा सम्मान कार्यक्रम सम्पन्न

    • शुक्रराज आचार्य

    नेपाल मुक्तक प्रतिष्ठान कोरिया ंशाखाको आयोजनामा सौल स्थित नेपाल हाउसको हलमा बृहत् रचना वाचन तथा श्र्स्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि इतर आवाज साहित्य समाजका अध्यक्ष तथा प्रखर कवि पराजित पोमु रहनुभएको थियो । सस्थाका बरिष्ट उपाध्यक्ष राम केसी नयनको स्वागत मन्तब्य सङ्गै शुरु भएको कार्यक्रममा नेपाली साहित्य समाज कोरियाका अध्यक्ष यल जी बिबस , अन्तरास्ट्रिय साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्ष डी आर न्यौपाने सुर्य , विश्व साहित्य समाज कोरियाका अध्यक्ष ………, प्रखर गजलकार नवीन नेपाल ,इतर साहित्य समाजका अध्यक्ष पराजित पोमु, साहित्यकार मिलन कान्छा किराँती , ओ एस नेपालका पत्रकार हरी अधिकारी , एन आर एन कोरियाकी अध्यक्ष लक्ष्माी लामा ( गुरुङ ) लगायतले मन्तब्य राख्नुभएको थियो । यसैबिच नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले ३ जना श्रस्टालाई सम्मान गरेको छ । बिगत लामो समयदेखि प्रवासमा रहेरपनि वहाँहरूले नेपाली साहित्यमा गर्नुभएको अतुलनिय योगदानको उच्च कदर गर्दै चर्चित मुक्तककार सन्तोष अम्गाईँ , गजलकार तथा मुक्तककार डीआर न्यौपाने सुर्य र मुक्तककार संजय घिमीरे लाई सम्मान गरेको हो। कार्यक्रममा गोपाल न्यौपाने , जनक सन्याल , दिपक रावल, तपेन्द्र बिष्ट , खगेन्द्र खत्री, संजय खनाल, सरोज भण्डारी , नवीन नेपाल , राम के सी नयन , बि पी सागर, ए बी इन्द्र , सङ्कर बि क ,गोपीकृष्ण लामीछाने लगायत करिब १०० जनाले रचना वाचन गर्नुभएको थियो ।

    यसै क्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै इतर आवाजका अध्यक्ष पराजित पोमुले नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा नेपाली साहित्यको बिकास बिस्तारका निम्ति सकृय भएर लागेकोमा खुशी ब्यक्त गर्नुका साथै अाफू र आफ्नो सस्थाको तर्फबाट साथ सल्लाह सुझावको लागि सदैब तत्पर रहेको पनि बताउनु भयो यसैबिच नेसास कोरियाका अध्यक्ष यल्जी बिवस तथा साहित्यकार मिलन किरातीले कार्यक्रम एतिहासिक भएकोमा खुशी ब्यक्त गर्दै आयोजक सस्थाप्रति आभार तथा आगामी कार्यक्रमका लागि शुभकामना पनि दिनुभयो । सस्थाका अध्यक्ष रामचन्द्र शर्माले ब्यस्तताका बाबजुत पनि कार्यक्रममा उपस्थित भएर कार्यक्रम भब्य बनाइदिनुभएकोमा समस्त सबैमा हार्दिक आभार ब्यक्त गर्नुको साथै आगामी दिनमा यस्तै साथ मायाको अपेक्षा रहेको बताउनु भयो । कार्यक्रममा सुन्ने सुनाउने स्रस्टाहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संयााेजन सस्थाका सचिव जनक सन्यालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सस्थाका महासचिव भोजराज घोडासैनीले गर्नुभएको थियो ।

    सम्बाददाता :- डिकर्ण मल्ल दक्षिण कोरिया

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु