
चितवनको माडिमा रेड हिल पार्क निर्माण हुने


- बासुदेब सापकोटा
चितवन प्रकृतिक नगरी चितवन को माडिमा रेड हिल पार्क निर्माण सहयोगार्थ सास्कृतिक कार्यक्रम हुने भएको छ। प्राकृति तथा बातावरण संरक्षण समाज माडी 4 खैरहनि को आयोजनामा दशै को मौका पारी अस्ट्मी को दिन कार्यक्रम हुन लागेको हो। शिक्षा, स्वस्थ्य, खेलकुद तथा बाताबरण संरक्षण जस्ता विभिन्न किसिमका किर्याकलाप/ कार्यक्रम गर्दै आएको उक्त कल्ब आर्थिक अभावमा सहयोगी हातहरुको पर्खाइमा रहेकाे छ। उक्त कार्यक्रम र पार्क निर्माण को निम्ति आर्थिक सहयोग गरिदिन हुन अनुरोध क्लबका अध्यक्ष उमेश लामिछानेले गरेका छन । उक्त कल्वका उपाध्यक्ष प्रकाश पाण्डे , कोसाध्यक्ष सुजन ढकालले कार्यक्रमकाे वयापक प्रचार भइरहेकाे बताएका छन । चाड्पर्ब को बेलामा जाड रक्सी खाइ होहल्ला तथा जुवा तास खेल्न भन्दा यस्ता किसिमका कार्यक्रम गर्दा आफ्नो संस्कृती जगेर्ना हुने तथा माडी भुभागको पर्यटन बिकासमा टेवा पुग्ने स्थानिय क्लब का भुतपुर्व अध्यक्ष मोहन लामिछाने बताउछन् ।
माडी भुभागको सम्पुर्ण दृश्य देख्न मिल्ने माडि भरिकै एक मात्र उक्त ठाँउ खैरहनिमा अबस्थित छ। सोमेश्वोर गडि जाने बाटोमा अबस्थित उक्त ठाँउ रातोमाटो डाडो भन्ने गरिएको छ। उक्त डाडोमा पार्क एबम view टावर बन्दा नजिकै रहेकोे एकता स्तम्भ, छरछरे धाम, हरिहर मन्दिर एबम धाम तथा सोमेश्वोर गडिको पर्यटन पर्बधन मा टेवा पुग्ने तथा सोमेश्वोर गडि जाने traking मार्ग भएकोले पर्यटन पनि आकर्षण हुने स्थानिय क्लबका सल्लाहकार तथा भुतपुर्व अध्यक्षहरु सुबाश तिवारी तथा हरि न्यौपाने बताउछन।


