skip this
  • फिचर

    इण्डोनेसियामा भूकम्प र सुनामीमा परेर मृत्यु हुनेको संख्या ८ सय नाघ्यो

  • भूकम्प तथा सुनामीका कारण इण्डोनेसियामा मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको छ। अन्य कयौं घाइते भएका छन्। गम्भीर घाइतेहरु धेरै रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

    भूकम्प तथा सुनामीमा परेर कयौँ बेपत्ता छन्। भत्किएका घरलाई पन्छाउँदै बेपत्ताहरुको खोजी कार्य जारी राखिएको त्यहाँको सरकारले जनाएको छ।

    शुक्रबार गएको ७.५ म्याग्नीच्यूडको भूकम्पले करिब २० फिटको सुनामी निम्ताएपछि डोङ्गाला र पालुलाई सुनामीले पूर्ण रुपमा प्रभाव पारेको छ। दुवै क्षेत्र पूर्ण रुपमा डुबानमा परेका थिए। त्यहाँ भएका घर, विद्यालय, कारखानाका प्राय भवनहरुकम क्षति पुगेको छ। पुल तथा बाटाहरु भत्किएकाले उद्धार कार्यमा अवरोध पुगेको जनाइएको छ।

    रेडक्रसका अनुसार भूकम्प तथा सुनामीका कारण १६ लाख मानिसहरु प्रभावित भएका छन्। डोङ्गालामा भएको क्षतिको पूर्ण विवरण अझैसम्म प्राप्त भएको छैन। रेडक्रसले त्यहाँको अवस्था नाजुक भएको बताएको छ।

    अझैपनि भूकम्पका पराकम्पनहरु आउन छाडेका छैनन्।  पालुको रोआ–रोआ होटल भत्किँदा २४ जना पुरिएका थिए। उनीहरुलाई सकुशल उद्धार गरिएको जनाइएको छ।

    यस्तै घर तथा विभिन्न भत्किएका भवन मुनीबाट सहयोगकको लागि चिच्याइएको आवज सुन्न सकिने बताइएको छ। यद्यपी पर्याप्त उपकरण नहुँदा सबैलाई उद्धार गर्न सकिएको छैन।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु