skip this
  • चितवन विशेष

    चितवनमा भारतीय नागरिकद्वारा तीन वर्षीया बालिका बलात्कृत

  • असोज :१४,चितवन

    जायश्वर आचार्य/सन्देश अधिकारी

    चितवन जिल्लामा बलात्कारका घटनाहरु अहिले निकै बढेको छ।गएको तीन दिनमा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा तीनवटा जबर्जस्ती करणी का घटनाहरु आएका जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रवक्ता प्रभु ढकालले जानकारी दिनुभयो।
    शुक्रबार भरतपुर महानगरपालिका-११ पोखरी टोलमा १० कक्षा पढ्ने १४ वर्षीय बालकले सातवर्षे बालिकामाथि दुर्व्यवहार, यस्तै आइतबार माडी नगरपालिका वडा नं २ बस्ने वर्ष ४५ का वासुदेव परियारले ४५ वर्षीय महिलालाई सुर्ती खाने निहुँमा जंगलतिर लगि  जबरजस्ती करणी गर्यो   भनी जिल्ला प्रहरि कार्यालय चितवनमा जाहेरी दर्ता त्यस्तै आइतबार नै भरतपुर महानगरपालिका २९ स्थित १५ किलो मा टायर पसल संचालन गरी बस्ने १९ वर्षीय भारतीय नागरिक आलमले ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका गरी तीनवटा घटनाहरु जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता भएको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभु ढकालले Edchitawan अनलाईन लाई जानकारी दिनुभयो।

    यी सबै घटनाहरूको दोषीलाई नियन्त्रणमा लिईएको र पीडितको मेडिकल जाँच भइरहेको र कसुर प्रमाणित भएमा कारबाही गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु