
कैलाश युथ क्लव कैलाश जूनियर कप को फाइनल मा प्रवेश


असोज:१५, भरतपुर,
जायश्वर आचार्य
भरतपुर महानगरपालिका वडा नं ११ कैलशेश्वर टोल मा रहेको कैलाश युथ क्लबद्वारा दशै विशेष कार्यक्रमको रुपमा आयोजित कैलाश जुनियर कप (-१६)२०७५ फुटबल प्रतियोगिता को सेमीफाइनल खेल मा कैलाश युथ क्लबले युनिक फुटबल क्लब लाई ३-० गोलअन्तरले हराएको छ।



कैलाश युथ क्लब को खेल मैदानमा भएको खेलमा टाई ब्रेकर मा कैलाश युथ क्लव ले ३-० को अग्रता लिएको हो।निर्धारित समयमा कुनैपनि टीम ले गोल गर्न नसकेपछि खेल टाई ब्रेकर मा लागिएको हो।
भोलि कैलाश युथ क्लव र गज फुटबल क्लब बीच फाइनल खेल हुनेछ