
जनबिकास टोल टोल र मिलिजुली टोल बिकास संस्थाको र संयुक्त सरसफार्इ सम्पन्न्


१५ असोज २०७५ चितवन ।
मिलिजुली युवा क्लब कालिका 3 चितवनको कार्यक्षेत्र भित्र पर्ने जनविकास टोल बिकास संस्थाले वडा नम्बर ३ पुर्ण सरसफाइ २ दिने कार्यक्रम सन्चालन गरेको छ। कार्यक्रम आज एक समारोहका बिच उद्घाटन गरेका थिए। कार्यक्रम प्रासिद्ध टोल बिकास सस्थाको खानेपानी ट्याङ्की छेउ हुँदै जनबिकास टोल,मिलिजुली टोल लगायतका विभिन्न टोलहरुमा परिक्रमा गरि आधारभूत विद्यालय बनकट्टा,पदमपुर खानेपानी कार्यलय, वार्ड कार्यलयसम्म अभियान टोलि पुगेका थिए ।
कार्यक्रम सफल बनाउन विभिन्न ११ टोलका टोल अध्यक्षहरु लगायत अन्य स्थानीय जनताहरु, मिलिजुली युवा क्लबका खेलाडी युवाहरु,महिलादिदिबहिनी बाक्लो रूपमा उपस्थिति रहेको थिए भने जनहित आधारभूत विद्यालयका विद्यार्थी भाईबहिनिहरु प्ले कार्ड लिएर सहभागी भएका थिए। कार्यक्रम सञ्चालन समाजसेवी तथा क्लब अध्यक्ष सन्चलाल वाईबा, सभापति जनबिकास टोल बिकास संस्थाका अध्यक्ष मरिचमान घलान प्रमुख अतिथि वार्ड अध्यक्ष टिकाराज रिजाल अतिथिहरु समाजिक अभियान्ताहरु पुर्ण बुढा मगर विशाल घलान नवराज घलान सोही वार्डमा पर्ने जनहित आधारभूत विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मि लगायतका थिए ।
कार्यक्रममा सयौं जनताको उपस्थिति रहेको थियो। बैशाख २३ गते आएको विध्वंसात्मक हावाहुरीले सुकुम्बासी सिमलबस्ति बस्तिमा बसोबास गर्ने कल्पना दराईको घर ध्वस्त भएको थियोे र क्लबको सहयोगमा घर निर्माण गरि उक्त घर पनि आज सोहि कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।


