skip this
  • खेल

    बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी

  • काठमाडौँ, १६ असोज, जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ । गए राति सम्पन्न खेलमा छैठौं चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ ।

    नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा ११८औँ स्थानमा रहेको नेपालले ११५औँ बरियताको श्रीलङ्कामाथि जित निकाल्दा रिजेन्द्र र नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ विजयी भए ।

    यसैगरी महिलातर्फ छैटौँ चरणको खेलमा नेपालले प्यालेस्टाइनसँग २–२ को बराबरी खेल्दै अङ्क बाँडेको छ । छैटौँ चरणमा नेपालका मोनालिसा खम्बू र सुजना लोहनी विजयी भएका हुन् । सिन्दिरा जोशी र खुश्बु थापा पराजित भए ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु