skip this
  • फिचर

    सामूहिक बलात्कार गर्ने ५ किशोरलाई १० वर्ष जेल

  • १७ असोज, गाईघाट । उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत, उदयपुरले दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएकाे छ ।

    दण्ड सजाय पाउने चारै जना १५–१८ वर्षका किशोर हुन् ।

    जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई मंगलबार जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ ।

    १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ ।

    पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको छ ।

    २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो ।

    एक जना भने अझै फरार छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु