skip this
  • चितवन विशेष

    मिसनमा लोकसेवाको निः शुल्क सेमिनार

  • चितवन, १८ असोज । सामान्य प्रशासन तथा प्राविधिक विषय सम्वन्धी सेवा आयोगको पढाइ गर्दै आएको मिसन इन्ष्टिच्युट अफ टेक्नोलोजी चितवनले निःशुल्क सेमिनार आयोजना गर्ने भएको छ ।चितवनको भरतपुर महानगरपालिका वडा नं. १० चितवन मावि अगाडि रहेको मिसनले लोकसेवा तर्फको अधिकृत, नासु, खरिदारको तयारी कक्षाको लागि निःशुल्क सेमिनार आयोजना गरेको हो । यही असोज २० गते शनिबार विहान ७ः३० बजे कार्यालयमा सेमिनार आयोजना गर्न लागिएको हो ।
    सरकारी सेवामा नाम निकाल्ने गरी कसरी अध्ययन गर्ने, सेवा आयोग पढ्ने तरिका, यसमा सोधिने प्रश्नहरुको हल गर्ने तरिका, अनुभवी पुराना शिक्षकहरुको भनाइको बारेमा सेमिनारमा छलफल हुने इन्ष्टिच्युटले जनाएको छ ।
    मिसनमा अध्ययन गरेका विद्यार्थीहरुले सरकारी सेवामा उत्कृष्ट अंक ल्याएर सेवामा प्रवेश गरेको इन्ष्टिच्युटले जनाएको छ । भरतपुरको क्यान्सर अस्पतालमा लोकसेवाले लिएको ४ वटा पदमा मिसनमा अध्ययन गरेका ३ जनाले नाम निकालेका थिए । त्यस्तै गरी सोही अस्पतालमा स्टाफ नर्स तर्फ दुइजनाले नाम निकालेर सरकारी सेवामा लागेका छन् । सरकारी सेवामा उत्कृष्ट नाम निकाल्नको लागि अध्ययन गर्ने उपयुक्त स्थान भएको सञ्चालक केशव आचार्यले बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु