skip this
  • चितवन विशेष

    CTEVT काे शैक्षिक माफिया विरूद्ध उत्रियाे अनेरास्ववियु

  • सिटिभिटि बाट मान्यता प्राप्त आंगिक तथा निजि शैक्षिक सस्थाहरुले चर्को मूल्य लिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन सि.टि.भि.टि राष्ट्रिय कमिटि द्वारा बिरोध जनाएका छन्।

    सि.टि.भि.टि ले तोकेको भन्दा चर्को मूल्य लिगिएको, बिधार्थीहरुले पाउनुपर्ने सेवा सुविधाबाट बन्चित गर्दै  दलालीतन्त्र, मनपरीतन्त्रलाई आत्मसाथ गर्दै ठुलो चलखेल गरी बिद्यार्थीहरुमा भ्रम सिर्जना गरी गुणस्तरीय शिक्षाबाट बन्चित गरेकाे र  शैक्षिक सस्थाहरुको व्यापारको थलो बनाएकोमा  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन सि.टि.भि.टि राष्ट्रिय कमिटिले ध्यानाकर्षण गराउन खोजेको छ। राष्ट्रिय कमिटिका अध्यक्ष रमेश सिंह ठकुरी ले भरतपुरमा पत्रकार सम्मेलन गर्दै  जसरी पनि सिटिभिटि लाइ मापदण्डमा ल्याउने बताए ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन सि.टि.भि.टि राष्ट्रिय कमिटिले विभिन्न माग गर्दै ति सबै मागहरु बिस दिन भित्र पुरा गर्नुपर्ने जनाएका छन्।

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु