skip this
  • चितवन विशेष

    एकताको सन्देश दिन चितवनमा नेकपा निकट विद्यार्थीहरुको संयुक्त कार्यक्रम सम्पन्न

  • भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा नेकपा निकट विद्यार्थी संगठनहरु अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले संयुक्तरुपमा दसैँतिहार तथा छठको शुभकामना आदानप्रदान गरेका छन् ।

    अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा भएको  थियाे भने कार्यक्रम सन्चालक अनेरास्ववियू (क्रान्तिकारी) का सप्तगण्डकी क्याम्पस अध्यक्ष समिर सुवेदी रहनु भएकाे थियाे । कार्यक्रमकाे  प्रमुख अतिथिमा  क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतम त्यस्तै विशिष्ट अतिथी हरूमा  नेकपाका नेता जेएन थपलिया, अनेरास्ववियुको केन्द्रीय अनुशासन आयोगकी केन्द्रीय अध्यक्ष नीशा अधिकारी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव प्रविन कार्की फ्याक्सन इन्चार्ज् तथा नेकपा नेता सुमन रहनु भएकाे थियाे अतिथी हरूले  विद्यार्थीहरुलाई दसैँतिहारको शुभकामना दिनुको साथै विद्यार्थीहरुलाई केही वैचारिक प्रशिक्षण पनि दिएका थिए । कार्यक्रममा नेता थपलियाले नेपाललाई समृद्धि र विकासको मार्गमा अगाडि बढाउन युवा विद्यार्थीहरु जागरुक ढंगले अगाडि बढ्नुपर्ने बताए । त्यस्तै, कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज प्रकाश भट्ट,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुरज ठकुरी,अनेरास्ववियु जिल्ला संयोजक धिप्पन भण्डारी, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक बसन्त आचार्यले पनि मन्तव्य राखेका थिए । पूर्व केन्द्रीय सचिवालय सदस्य ऋषिकेश रेग्मी,  पुर्व जिल्ला विधार्थी जिल्ला इन्चार्ज दिलिप पौडेल, सप्तगण्डकी क्याम्पस कमिटीका पूर्वअध्यक्ष शिव ढकाल शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

    अखिल क्रान्तिकारीका कार्यलय सद्दस्य सुसन चितवने ले विगतमा आपसमा झैझगडा गरेर विभिन्न चीरामा विभाजित भएका विद्यार्थी संगठन यसरी एउटै मञ्चमा उभिनु गौरवको विषय भएको बताए । कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्षता गरेका हरि आचार्यले जसरी शीर्ष नेताद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले एक भएर देशलाई सफल नेतृत्व दिने प्रयास गर्दै छन् त्यसैगरी सप्तगण्डकी क्याम्पसमा पनि दुई संगठन एक भएर क्याम्पसको हितमा राम्रो बनाउन काम गर्नुपर्ने विचार व्यक्त गर्नु भएकाे थियाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु