skip this
  • चितवन विशेष

    जनताको रक्षकनै भक्षक भए :अनुसासन आयोग अध्यक्ष निशा अधिकारि

  • चितवन / नेकपाको भात्री संगठन अनेरास्ववियु कि केन्द्रिय सचिवालय सदस्य तथा अनुसासन आयोगकि अध्यक्ष एवम महिला नेत्री निशा अधिकारिले आज सप्तगण्डकि बहुमुखी क्याम्पसमा बिजया दशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा अखिल(क्रान्तिकारी) र अनेरास्ववियु मुल इकाई कमिटिद्वारा संयुक्त आयोजित शुभकामना आदनाप्रादान कार्यक्रममा जनताका रक्षक भनेका प्रहरी नै भक्षक हुन गएको बताएकी छिन ।


    सो कार्यक्रममा सम्बोधन गर्दै नेत्री अधिकारिले जनताको सुरक्षामा सदैब लाग्नुपर्ने प्रहरी (निर्मलाको बलत्कार पछिको निर्मम हत्या प्रकरण लाइ इंगित गर्दै) शान्ति सुरक्षामा उदासिन बनेको र घटनाको ढाकछोप गर्न र प्रमाण मेटाउन उदृत रहेको आरोप लगाएकी छिन । कन्चनपुरकि अबोध बालिका को बलात्कार पछि हत्या भएको महिनौदिन बितिसक्दा पनि प्रहरीले अपराधि पक्राउ गर्न नसक्नुले सिंगो प्रहरी संगठन प्रति जनताको बिस्वास गुमेको बताएकी छिन । यस्तो प्रहरी प्रसासनले आम जनता सुरक्षित हुन नसक्ने जिकिर गर्दै निर्मला हत्या काण्डको सत्यतथ्य तत्काल सार्बजनिक गरि दोषीलाइ कडा भन्दा कडा कारबाहीको माग गरेकी छिन ।


    बच्चा जन्माउन पाउने र बच्चालाई स्तनपान गराउन पाउने महिलाले पाएको बिशेष क्षमताको यो समाजमा कदर नभएको औलाउदै नारि जातिको स्वाभिमानको रक्षा र सुरक्षाका निमित्त चेतनशिल आम युवा बिद्यार्थीले बडा चाड दशैँको बेला घर,गाउ टोल छिमेकमा सचेतना
    फैलाउन अग्रसर हुन आहवान गरेकी थिइन् ।

    कार्यक्रम अनेरास्वबियू क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष बिजय गौतम को प्रमुख आतिथ्यमा र अनेरास्ववियु सप्तगण्डकि इकाई समितिका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । समाचार साभार

    http://shikshyakhabar.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु