
भरतपुरको अस्पताल रोडकाे होटलमा आगलागी


चितवन, २२ असोज । जिल्ला सदरमुकाम भरतपुरको अस्पताल रोडमा रहेको एक होटलमा आगलागी भएको छ । आज राती साढे नौ बजे अस्पताल रोडमा रहेको टिनले छाएको छाहरी होटलमा आगलागी हुदाँ होटलको सबै भाग जलेर नष्ट भएको छ । अहिले दमकल आएर आगो निभाउन खोज्दा समेत मुस्किल भएको चितवन प्रहरीले जनाएको छ ।
यतिवेला होटलमा रहेको सिलिन्डर ग्यास पड्कीने डरले अस्पताल रोड वन्द गरिएको र वरपर उच्च सतर्कता अपनाएकोे स्थानिय ओमप्रकाश दुवाडीले जानकारी दिए ।
साथै अहिले नजिक रहेको विद्युतको तारमा समेत आगो सल्कीएकोले स्थानिय त्रसित बनेका छन् । घटना भएको झण्डै २५ मिनेटपछि दमकल घटना स्थलमा पुगेपनि फेरि पानी सकिएर भर्न गएको छ ।
आगो कसरी लाग्यो भन्ने बारेमा विस्तृत विवरण आउन बाकी छ ।
कसरी अगो लगयो अनुसन्धान हुँदै : प्रहरी निरीक्षक युबराज तिमेल्सिना ले बताउनु भएकाे छ । आगो पुर्ण रूपमा नियन्त्रणमा आयो : dsp प्रभु ढकालले जानकारी गराउनु भयाे ।
समाचार सहयाेग www.saurahaonline.com


