skip this
  • चितवन विशेष

    भरतपुर ११ को दुरदर्शी जडिबुटी उत्पादन सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न

  • असोज :२४,भरतपुर,चितवन-

    जायश्वर आचार्य,

    भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको दूरदर्शी जडीबुटी उत्पादन सहकारी संस्था लि. ले आफ्नो सातौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

    बार्षिक साधारण सभा का साथसाथै भएको शुभकामना आदानप्रदान कार्यक्रम को अध्यक्ष को रूपमा संस्था का अध्यक्ष शारदा पौडेल रहनुभएको थियो।त्यस्तै प्रमुख अतिथि को रूपमा वडा नं ११ का सदस्य ज्ञान बहादुर कुमाल र विशिष्ठ अतिथि को रूपमा समझदारी बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष युवराज पौडेल रहनुभएको थियो। अतिथी हरु क्रमस: समाजसेवी धनन्जय ढकाल,इन्द्र रेग्मी रहनुभएको थियो।उक्त कार्यक्रम मा शुभकामना मन्तव्य सल्लेरी शान्ति टोल विकास संस्था का अध्यक्ष प्रकाश भट्टराई, स्थानीय बुद्धिजिवी निर्मल जीवन पौडेल र शान्ति आमा समूहकी अध्यक्ष देवी पौडेल ले राख्नुभएको संस्था का अध्यक्ष शारदा पौडेल ले जानकारी दिनुभयो।

    कार्यक्रम का सम्पूर्ण अतिथीहरुले दुरदर्शी जडिबुटी उत्पादन सहकारी संस्था लि को कामको प्रशंसा गरेका थिए।

    यस सहकारीमा करिब १५० जना सदस्य रहेका र उत्पादनमा जानै पर्ने उदेश्य का साथ स्थापना गरिएको सहकारीका अध्यक्ष शारदा पौडेल ले जानकारी दिनुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु