
चितवनमा गैरकानुनी रूपमा ३०० भन्दा बढी कन्सलटेन्सी सन्चालनमा, प्रशासनन माैन


भरतपुर,चितवन
चितवनमा प्राप्त तथ्याकं अनुसार शिक्षा मन्त्रालयबाट जम्मा १०८ वटा मात्र कन्सल्टेन्सी हरू दर्ता भएकाे पाइएकाे छ । तर टाडीँ ,पर्सा बजार, भरतपुर र नारायणगढ मात्रै करिव ४०० काे हाराहारीमा शैक्षिक परामर्श केन्द्र रहेकाे छ ।
गाेप्य जानकारीका अनुसार शाखा कार्यलय खाेल्न नपाइने भए पनि अटेर गरी गैर कानुनी ढंगले धेरै कन्सल्टेनसी हरूले काठमाण्डाैकाे शाखा विस्तार गरेका छन । राजश्व कार्यलयमा मात्र दर्ता गर्ने तर शिक्षा मन्त्रालयमा दर्ता नै नगरी सन्चालन भइरहेका त्यस्ता कन्सल्टेन्सी हरू मार्फत लाखाैं रकम तिरेर वैदेशिक शिक्षाकाे लागी हजाराै विधार्थीले अावेदन भरिरहेका छन । यस बाट हुन सक्ने जाेखिमकाे जिम्वेवार काे रहने भन्ने कुरा मा प्रशासन , शैक्षिक परामर्श संघ पनि अाफैँ मा अन्याेलमा रहेकाे बुझिन्छ केही दिन अगाडी भड्किलाे प्रचार प्रसार गरेकाे भन्दै त्यस्ता प्रचार प्रसारकाे पछी नलाग्न अभिवाभक, विधार्थी लार्इ अाग्रह गर्दै शैक्षिक परामर्श संघ चितवनका अध्यक्ष भानु खरेलले एक विज्ञप्ती जारी गर्नु भएकाे थियाे । तर उक्त विज्ञप्तिमा यस्ता दर्ता नभएका र नाम एउटा काम अर्काे गर्ने शैक्षिक परामर्श केन्द्रकाे बारेमा केहि उल्लेख गरिएकाे छैन ।



यस बारे बुझ्न शैक्षिक परामर्श संघ चितवनका अध्यक्ष भानु खरेल सँग सम्पर्क गर्दा ४०० भन्दा बढी शैक्षिक परामर्श केन्द्र रहकाे जानकारी गराउनु भएकाे छ । विभिन्न नाममा सन्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र बाट ट्युशन काेचिङ पढाउने देखी लिएर जागिर लगाइदिने काम सम्म ह्रने गरेकाे प्रमाण भेटिएकाे छ ।
चितवनमा सबभन्दा पहिले दर्ता गर्ने शैक्षिक परामर्श केन्द्र हिम्मत पुरी सन्चालक रहेकाे अलमाइटी शैक्षिक परामर्श केन्द्र रहेकाे तथ्याङ्कले जनाउछ । भने त्यस पश्चात करिब १०८ जतिकाे हाराहारीमा मात्र दर्ता भएका छन अन्य भने दर्ता नरहेकाे खुल्न अाएकाे छ ।