skip this
  • चितवन विशेष

    अर्किड कलेज बाट उत्तीर्ण विद्यार्थीहरु चितवनमै उत्कृष्ट

  • असोज:२१,भरतपुर, चितवन-

    जायश्वर आचार्य,

    भरतपुर महानगरपालिका वडा नं १० मा रहेको अर्किड स्कूल र कलेज चितवनमा नै उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने शैक्षिक संस्था बनेको छ।
    बि सं २०७१ सालमा अर्किड स्कूल बाट SLC मा चितवन जिल्लामा प्रथम हुन सफल भएका अरुण बत्सा लम्साल  विश्वविदयालय स्वस्थ विभाग बाट लिइने MBBS प्रवेश परीक्षा मा ३५ औं स्थान मा १००% छात्रवृत्ति मा नाम निकाल्न सफल भएका हुन्।उक्त परीक्षामा चितवनबाट उनै एक जनाले मात्र नाम निकाल्न सफल भएका थिए।
    अर्किड कलेज बाट उत्तीर्ण विद्यार्थी प्राञ्जल पोख्रेल र आशिष लम्सालले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ विभाग (IOE) बाट लिइने BE प्रवेश परिक्षा मा क्रमश १९औं र ९९औं स्थानमा १००% छात्रावृत्ति मा नाम निकाल्न सफल भएका हुन्। र उनीहरू लगायत अरू थुप्रै विद्यार्थी हरुले १००% छात्रावृत्ति मा नाम निकाल्न सफल भएका छन्।
    त्यस्तै अर्किड कलेजबाट नै उत्तीर्ण बोध राज पूरी लगायत अन्य थुप्रै विद्यार्थीहरुले पोखरा विश्वविद्यालय द्वारा लिइने BE प्रवेश परीक्षा मा १००% छात्रावृत्ति मा नाम निकाल्न सफल भएका छन्। र वीरेन्द्र बहुमुखी क्याम्पस चितवन द्वारा लिइने BBA प्रवेश परीक्षामा समेत रितिका श्रेष्ठ र सोनाली गुप्ता ले १००% छात्रावृत्ति मा नाम निकाल्न सफल भएका हुन्।
    यही कारण ले र अन्य विविध कारणहरूले चितवनको अर्किड स्कूल र कलेज सबैको मनमा बस्न सफल भएको र चितवनमा नै उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने शैक्षिक गन्तव्य साबित भएको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु