skip this
  • चितवन विशेष

    कालिका नगरपालिकामा पहिलाे पटक महाेत्सब हुने

  • शिशिर सिंखडा
    चितवन, २५ असोज । चितवनको कालिका नगरपालिकामा प्रथम सगुन महोत्सव हुने भएको छ । कालिका वडा नं. ६ स्थित आधारभूत विद्यालय रेडक्रसग्रामको खेल मैदानमा हुने महोत्सव यही कार्तिक ८ गतेबाट १९ गतेसम्म संचालन हुनेछ ।

    “कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा यस क्षेत्रको पर्यटन र कृषिलाई प्राथमिकता दिइने महोत्सव स्थलमा आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । स्थानीय सगुन विकास समाज र वरपिपल महिला समाजको आयोजनामा हुने महोत्सवमा करिव १ सय ५० स्टल रहने मुल समारोह समितिका संयोजक केशव लामाले जानकारी दिए ।

    कालिका क्षेत्रको पर्यटकीय क्षेत्र सिन्ती झरना, कालिका मन्दिर, चित्राम झरना, विभिन्न धार्मिक क्षेत्रहरु गुम्बा लगायत कृषि, व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक लामाले बताए ।

    नगरको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारको अतिरिक्त विभिन्न जातजातीको भेषभुषा, रहनसहनको समेत प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्य रहेको उनले बताए ।
    यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यका साथ महोत्सवबाट बचतबाट भएको रकमबाट एम्बुलेन्स खरीद गर्ने उद्देश्य रहेको समेत लामाले बताए । स्थानीय बजारको विकास र प्रवद्र्धनका अतिरिक्त यस क्षेत्रका उत्पादनहरुको प्रचार तथा विक्री समेत महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

    करिव २ करोड कारोवार हुने लक्ष्य रहेको महोत्सवमा हालसम्म १ सय भन्दा बढी स्टलहरु बुकिङ्ग भइसकेको आयोजक संस्था सगुन विकास समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले जानकारी दिए । करिव ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने छ । कार्यक्रममा प्रमोद खरेल, ज्योती मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने उनले बताए ।

    महोत्सवबाट करिव १० लाख रुपैया बचत हुने अनुमान गरिएको र महोत्सवमा प्रवेशको लागि रु. ५० को टिकट शुल्क कायम गरिएको समेत उनले बताए । पत्रकार सम्मेलनमा महोत्सव स्थल आधारभूत विद्यालय रेडक्रसग्रामका प्रधानाध्यापक नन्दलाल लामिछाने, नवकिरण टोल विकास संस्थाका अध्यक्ष मन बहादुर गौतम, यातायात व्यवस्थापन समितिका संयोजक प्रकाश पोखरेल, क्लवका उपाध्यक्ष रामशरण पाठक, सचिव विवेक घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु