skip this
  • चितवन विशेष

    अर्किडमा विद्यार्थीहरूको सम्मान

  • असोज:२९,भरतपुर, चितवन-

    जायश्वर आचार्य,

    अर्किड कलेज भरतपुर १० चितवनले आफ्ना उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ।

    चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज ले हालै लिएको परीक्षा मा एम.वि.वि.एस. तर्फ ३५औं स्थानमा नाम निकाल्न सफल अरुण बत्स्स लम्साल, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक को बि. ई. तर्फको प्रवेश परिक्षामा १९औं नम्बरका प्राञ्जल पोखरेल,९९औं नम्बरका आसिस लम्साल लगायत पूर्ण छात्रावृत्ति का १७ जना उत्कृष्ट विद्यार्थीहरुलाई नगद रकम,कदर पत्र र मायाको चिनो सहित सम्मान गरेको हो।यसै गरी पोखरा विश्वविद्यालय अन्तर्गत बि.बि.ए. अध्ययन को लागि पूर्ण छात्रावृत्ति पाउने २ जना तथा यसै वर्षको कक्षा ११ को नतिजामा कलेजकै उत्कृष्ट विज्ञान तथा व्यवस्थापन संकाय का विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो।

    अर्किड कलेजमा नै आयोजित उक्त कार्यक्रममा विद्यालय सञ्चालन समितिका अध्यक्ष गोपाल पराजुली,कलेज का प्राचार्य डा.खेम आचार्य, प्रा. डा.सीताराम बहादुर थापा लगायत विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    पुरस्कार तथा सम्मान ग्रहण पछि बोल्ने क्रममा सम्मानित विद्यार्थीहरुले आफूहरुले अध्ययन गरेको कलेज तथा सम्बन्धित शिक्षक शिक्षिका हरुको खुल्ला दिलले प्रशंसा गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु