skip this
  • चितवन विशेष

    दुरदर्शी जडिबुटी उत्पादन सहकारी द्वारा तिहारका लागि सयपत्री फूलको बुकिङ खुल्ला

  • कार्तिक १०-भरतपुर,चितवन

    भरतपुर महानगरपालिका वडा नं ११ विशाल चोक मा अवस्थित दुरदर्शी जडिबुटी उत्पादन सहकारी संस्था लि ले व्यवसायिक सयपत्री फूल खेती गरी फूलको बुकिङ खुल्ला गरेको छ।
    उत्पादनलाई प्रोत्साहन गर्ने हेतुले पहिलोपटक फूल खेती गरिएको संस्था की अध्यक्ष शारदा पौडेल ले जानकारी दिनुभयो। उक्त फूल खेती करिब २ कठ्ठा क्षेत्रफलमा बिशालचोक बाट करिब ५०० मीटर पूर्वतर्फ गरिएको छ। तिहारको बेला जहिलेपनि फूल को अभाव हुने भएकाले फूल खेती गरिएको संस्था की अध्यक्ष पौडेल ले जानकारी दिनुभयो।
    अध्यक्ष पौडेल ले भन्नुभयो प्रतिमाला फूलको रु १०० र प्रतिपिस फूलको रु ३ निर्धारण गरिएको छ।फूलको बुकिङ का लागि संस्था को कार्यालय भरतपुर ११ विशाल चोक मा र मोबाइल नं 9845153640 सम्पर्क गर्न सकिने छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु