skip this
  • चितवन विशेष

    कालिकाकाे सगुन महाेत्सवमा अाज ज्याेति मगरकाे नृत्य

  • चितवनकाेे कालिका नगरपालिकामा जारी प्रथम सगुन महाेत्सवमा अाज चर्चित माेडेल ज्याेती मगर अाउने भएकी छिन । ज्याेती मगर ले अाफ्नाे नृत्य समेत देखाउने भएकी छिन ।

    “कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका साथ आयोजना भइरहेको महोत्सवमा यस क्षेत्रको पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । स्थानीय सगुन विकास समाज र वरपिपल महिला समाजको आयोजनामा हुने महोत्सवमा करिव १ सय ५० स्टल रहेका छन् ।

    पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ रेडक्रसग्राम चौरमा जारी महोत्सवमा दर्शकहरुको मुख्य आकर्षण सिन्ती झरना रहेको छ । कालिका नगरपालिका वडा नं. ९ र १० को सीमाना शक्तिखोरमा रहेको पर्यटकीय गन्तव्य सिन्ती झरना रहेको छ । महोत्वसमा सो झरनाको प्रतिविम्व बनाइएको छ । सो झरनाको प्रतिविम्व हेर्न पाउँदा खुशी लागेको भरतपुर १२ की सम्झना आचार्यले बताइन् । कुनै समय मिलाएर साथीहरु सहित झरना हेर्न जाने सोच बनाएको समेत उनले बताइन् । यही कार्तिक ८ गतेबाट शुरु भएको महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता समेत रहेको मुल समारोह समितिका संयोजक केशव लामाले जानकारी दिए ।

     

    करिव ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । कार्यक्रममा पशुपति शर्मा, रामजी खाँड, भोजराज काफ्ले, नेत्रजी पन्त, ज्योती मगर, ढाकाराम पौडेल लगायतका कलाकारहरुको हरेक दिन फरक प्रस्तुती रहने मुल समारोह समितिका सदस्य श्यामकृष्ण बजगाईले जानकारी दिए । महोत्सवबाट करिव १० लाख रुपैया बचत हुने अनुमान गरिएको र महोत्सवमा प्रवेशको लागि रु. ५० को टिकट शुल्क कायम गरिएको छ । यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यका साथ महोत्सवबाट बचतबाट भएको रकमबाट एम्बुलेन्स खरीद गर्ने उद्देश्य समेत रहेको आयोजक संस्था सगुन विकास समाजका उपाध्यक्ष एवम् मुल समारोह समितिका सदस्य रामशरण पाठकले जानकारी दिए । सो महोत्सव यही कार्तिक १९ गतेसम्म जारी रहने छ ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु