skip this
  • चितवन विशेष

    चितवनको रत्ननगरमा २४ वटा चोरीको मोटरसाइकल नियन्त्रण

  • शिशिर सिंखडा

    चितवन, कात्तिक १४

    चितवनको रत्ननगरमा २४ वटा चोरीको मोटरसाइकल आज एक साथ सार्वजनिक गरिएको छ ।

    चोरीका कारण मोटरसाइकल हराउने क्रम बढेपछि यस क्षेत्रमा प्रहरीले बढाएको सक्रियताका कारण तीन महिनाको अवधिमा २४ वटा चोरीका मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो ।

    इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले विशेष चेकिङको क्रममा र सुराकीका आधारमा तीन महिनाको अवधिमा २४ वटा मोटरसाइकल बरामद गरेको जानकारी दिए ।
    ‘यहाँ मसहित यस कार्यालयमा सम्पूर्ण नयाँ टिम आएको थियो उनले भने यहाँ विविध अपराधिक क्रियाकलापसँगै चोरी घटना वृद्धि भएको गुनासोको आधारमा विशेष प्रहरी अप्रेसन चलाउँदा यस्तो भेटिएको हो ।’ उनले जिल्ला प्रहरी कार्यालय चितवनको चोरीका घटना नियन्त्रण अभियानलाई सफल बनाउन समेत टाँडी प्रहरीको टिमलाई उपलब्धी मिलेको विश्वास व्यक्त गरे ।

    टाँडीे क्षेत्रमा पर्ने कालिका नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोर र राजमार्गका विभिन्न स्थानमा चेकजाँच गर्दा बजाज ब्राण्डका पल्सर मोटरसाइकलहरु बढी चोरीका भेटिएको उनले बताए । सोही अवसरमा कार्यालयले तीन महिनाको अवधिमा हासिल गरेको उपलब्धीसमेत सार्वजनिक गरिएको थियो ।

    प्रहरीले नेपाल मावि पछाडि बेवारिसे अवस्थामा १७ किलो चरेसमेत बरामद गरेको छ । चोरीका विभिन्न घटनामा संलग्नहरुलाई कानुनी दायरामा समेत ल्याइएको छ । ज्यान मार्ने उद्योग, जबरजस्ती करणीका घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको प्रहरी निरीक्षक उमेशमान अमात्यले बताए । यस्तै बालयौन दुरुपयोगको घटनामा संलग्न, बालविवाह संलग्न, विभिन्न समयमा लागूऔषध कारोबार गर्ने व्यक्तिहरु समेत पक्राउ गरी कानुनी कारबाही गरिएको कार्यालयले जनाएको छ । यसैगरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारी साधनसमेत नियन्त्रणमा लिई कारबाही गर्न कार्यालय सफल भएको प्रहरीको दाबी छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु