
अब सप्तगण्डकीमा पनि बि. बि. ए अध्ययन गर्न पाइने


Jr Susan त्रिभुवन विश्वविधालय द्धारा सन्चालित बि. बि. ए अब सप्तगण्डकीमा पनि अध्ययन गर्न पाइने भएकाे छ ।
सप्तगण्डकी क्याम्पसमा मंगलबार भएकाे एक बि. बि. ए कार्यक्रम संभाव्यता सम्बन्धी गाेष्ठिमा उपस्थित त्रिभुवन विश्वविधालयकाे विज्ञ टाेलीले सप्तगण्डकी क्याम्पसमा बि. बि. ए कार्यक्रम अाउने प्रतिवधता जनाए सँगै सप्तगण्डकी क्याम्पसमा बि. बि. ए कार्यक्रम अाउने पक्का भएकाे छ । व्यवस्थापन संकाय अन्तर्गत ४ बर्षे सेमेस्टर प्रणालीमा अध्धयन हुने बि. बि. ए कार्यक्रम पछिल्लाे समय विधार्थी हरूकाे अत्याधिक माग भएकाे विषय हाे ।



बि. बि. ए कार्यक्रम संभाव्यता सम्बन्धी गाेष्ठिमा त्रिभुवन विश्वविधालय व्यावस्थापन संकायका साहायक डिन धुर्व लाल पाण्डे , प्रा . डा. बालकृष्ण र कृष्ण प्र अाचार्यकाे उपस्थित रहेकाे थियाे ।उक्त गाेष्ठिमा स्थानिय सराेकाल वाला हरू संग पनि अन्तकृिया गरिएकाे थियाे । सप्तगण्डकी क्याम्पसका प्रमुख खेम नारायण सापकाेटाले सन्चालन गर्नु भएकाे अन्तकृिया कार्यक्रममा प्रतिनिधी सदस्य कृष्ण भक्त पाेखरेल, प्रदेश सद्दस्य घनश्याम दाहाल र विजय सुवेदी समेतकाे उपस्थित रहेकाे थियाे । उक्त गाेष्ठिमा क्याम्पसकाे तर्फ बाट विधार्थी संगठन , कर्मचारी तथा प्रध्यापककाे तर्फ बाट नँया बि. बि. ए कार्यक्रम लाइ सफल बनाउन अा अाफ्नाे ठाँउ बाट सहयाेग गर्ने प्रतिबधता समेत जनाएका थिए