skip this
  • चितवन विशेष

    शक्तिखोर झरनामा पाँच कराेड लगानि गरिने

  • कालिका । कालिका नगरपालिका शक्तिखोरमा रहेको सिन्ती झरनाको विकासका लागि डीपीआर तयार गरिएको छ ।

    वडा नं ९ र १० को सिमानामा पर्ने सो झरनालाई व्यवस्थित गरी स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन नगरपालिकाले डीपीआर बनाएरै झरनाको विकास गर्न लागेको हो ।

    हेटौँडामा रहेको एक कन्सल्टेन्सीले निर्माण गरेको सो डीपीआरअन्तर्गत सडकसहित झरनामा पूर्वाधार निर्माणका लागि पाँच करोड ४९ लाख रूपैयाँ लाग्ने छ । शक्तिखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न सिन्ती झरनाको डीपीआर तयार गरिएको हो ।

    शक्तिखोर बजारबाट दोगरा हुँदै साढे तीन किलोमिटरको पैदल दूरी पार गरेपछि झरना रहेको स्थल पुग्न सकिन्छ । केही ठाउँमा सामान्य उकालो भए पनि सजिलै पुग्न झरनासम्म नेपाली सेनाको सिंहनाथ गणले सडक निर्माण गरिसकेको छ ।

    झरनाको विकासका लागि कालिका नगरपालिकाले चालू आर्थिक वर्षमा १५ लाख रूपैयाँ विनियोजन गरिसकेको छ । झरनालाई पूर्णरुपमा आकर्षक बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि पाँच करोड ४९ लाख रूपैयाँ संघीय र प्रदेश सरकारसँग माग्ने योजना बनाएको मेयर खुमनारायण श्रेष्ठले बताए ।

    ‘हामीले राम्रो कामको थालनी गर्न लागेका छौँ’, उनले भने, ‘आवश्यक बजेट संघीय र प्रदेश सरकारबाट ल्याएर झरनामा पूर्वाधार निर्माण गर्नेछौँ ।’

    झरनासम्म जान व्यवस्थित सडकसँगै पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले बताए । झरना रहेको स्थलका ठूला ढुंगालाई कलात्मक बनाउने, झरना हेर्ने ठाउँमा फलामको रेलिङ र भ¥याङ हाल्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, पर्यटकका लागि कपडा बदल्न घर बनाउने योजना रहेको मेयर श्रेष्ठले बताए ।

    सडकका लागि ढुंगाको सिँढी बिच्छ्याएर बाटो बनाउने, सडकका बीच–बीचमा रहेको खोलामा फलामको पुल निर्माण गर्ने र दुई–दुई सय मिटरको दूरीमा विश्रामस्थल बनाउने योजना रहेको उनले बताए । यो काम अर्को आर्थिक वर्षबाट सुरू हुने उनको भनाइ छ ।

    झरना अवलोकनका लागि अहिले दैनिक ५ सय जना आउने गरेका छन् । झरनालाई व्यवस्थित गरी स्वदेशी तथा विदेशी पर्यटक ल्याउने

    र विकटमा बसोवास गर्ने चेपाङ समुदायको आयआर्जनको माध्यम बनाउने मेयर श्रेष्ठले बताए । शक्तिखोरमा रहेका झरना र गुफालाई पर्यटकीयस्थलका रुपमा विकास गरी विदेशी पर्यटक भित्र्याउने उनको भनाइ छ ।

    झरना रहेको स्थलमा पूर्वाधार निर्माण गरिसकेपछि शक्तिखोरलाई पर्यटकीय नगरी सौराहासँग जोडेर पर्यटक ल्याउने वातावरण बनाइने

    छ । ‘विदेशीले रमणीय स्थलको खोजी गरिरहेका हुन्छन्’, मेयर श्रेष्ठले भने, ‘त्यस्तो ठाउँ हामीसँग छ, हामी विदेशी पर्यटकलाई शक्तिखोर भित्र्याउन सक्छौँ ।’

    शक्तिखोर आउने पर्यटकलाई झरना र गुफामात्र होइन, चेपाङ समुदायको रहनसहन, दैनिकी र संस्कृतिले पनि आकर्षित गर्ने छ ।

    झरनाको विकास र प्रचारप्रसार गरी दैनिक स्वदेशी तथा विदेशी पर्यटक ल्याउने योजना रहेको छ । ‘अहिलेसम्म दैनिक पाँच सय पर्यटक यहाँ आउँछन्’, मेयर श्रेष्ठले भने, ‘झरनालाई व्यवस्थित गरिसकेपछि दैनिक एक हजार ५ सय पर्यटक आउने अपेक्षा हामीले गरेका छौँ ।’

    शक्तिखोरमा सिन्तीसँगै चित्राम, नाइबन्दी झरना, नागदह, सिन्ती गुफा र पौराणिक मह¤व बोकेको कालिका मन्दिरले पर्यटकलाई लोभ्याउने छ । चर्चित सिराइचुली र उपरदाङगढी पनि यही क्षेत्रमा पर्ने भएकाले पर्यटक भित्र्याउन सहज हुने वडा नं ६ का वडा अध्यक्ष विनोद रेग्मीले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु