
श्री जगतबहादुर श्रेष्ठको कार्तिक २८ गते नागरिक अभिनन्दन गरिने


कार्तिक २६ – भरतपुर,चितवन –
जायश्वर आचार्य,
भरतपुर चितवन स्थित उद्योग वाणिज्य संघ को सभाहलमा यही कार्तिक २८ गते श्री जगतबहादुर श्रेष्ठको नागरिक अभिनन्दन गरिने भएको छ।
श्री जगतबहादुर श्रेष्ठ नागरिक अभिनन्दन मूल समितिले सोमबार एक पत्रकार सम्मेलन मार्फत २०७५ कार्तिक २८ गते बिहानको ११ बजे उहाँकै निवास पुल्चोक नारायणगढ बाट बाजागाजा सहितको शोभायात्रा गरिने र दिनको ठीक १२ बजे उद्योग वाणिज्य संघको सभाहलमा बृहत कार्यक्रमका बीच नागरिक अभिनन्दन गरिने जानकारी दिए।
यसै सन्दर्भमा नागरिक अभिनन्दन मूल समिति का संयोजक यमुना प्रसाद न्यौपाने सँग लिईएको विशेष अन्तर्वार्ता।।



१) पहिलो प्रश्न, जगतबहादुर श्रेष्ठको बारेमा केही भनिदिनु न।।
जगतबहादुर श्रेष्ठ सारै सरल, कम्युनिस्ट विचारधारा बोकेका एक असल र देशभक्त व्यक्ति हुन्।सबभन्दा ठूलो उहाँको गहना भनेको देशभक्ति हो।त्यसको अलावा उहाँ सानै देखि कम्युनिस्ट विचारधारा मा लागेर हाल पनि क्रान्तिकारी विचारका धनी हुनु हुन्थ्यो।।
२) उहाँलाई अभिनन्दन गर्नुको मुख्य कारण भनेको के हो?
नागरिक अभिनन्दन नै गर्नुपर्ने मुख्य कारण भनेको उहाँ सारै ठूलो देशभक्त हुनु हुन्छ र सँगसँगै उहाँ साहित्यकार पनि हुनुहुन्थ्यो।उहाँले देश परिवर्तनका लागि निकै ठूलो संघर्ष गर्नुभएको छ।
कार्तिक २८ गते जिल्लाको पुलचोकबाट सुरु हुने शोभा यात्रा उद्योग वाणिज्य संघको भवन नारायणगढमा पुगेर नागरिक अभिनन्दनमा परिणत हुने अभिनन्दन आयोजक समितिले जनाएको छ । आयोजक समितिका अनुसार जगतबहादुर श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने समारोहमा बरिष्ठ वामपन्थी व्यक्तित्व पुष्पगोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहने छ ।